मैकोटमा 'महिला घरेलु सिपमूलक तालिम' सञ्चालन





कर्मसहि घर्ती मगर
४ फाल्गुन , रुकुम पुर्व

पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १ मैकोटमा 'महिला घरेलु सिपमूलक तालिम' सञ्चालनमा आएको छ । वडाका १७ जना महिलाको सहभागिता भएको उक्त सिपमूलक तालिममा अहिले तान बुनाईको प्रशिक्षण भैरहेको कुरा सहभागी भावना घर्तीले बताईन् । उनी कक्षा १२ कि क्षात्रा पनि हुन् । विहान स्कुल गएर दिउँसो फुर्सदिलो हुने भएकोले आफुले यो सिपमूलक तालिम लिनु परेको बताईन् । उक्त तालिममा सहभागी अर्की महिला आशा पुनले विकट ग्रामीण महिलाहरुलाई यो सिपमूलक तालिमले निकै उत्साहित बनाएको कुरा बताईन् । यो तालिम मार्फत धेरैको जीवन उन्नति हुने कुरामा उनी ढुक्क छिन् ।


यो तालिम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १ मा लक्षित वर्ग अन्तरगत छुट्याईएको बजेटबाट भैरहेको कुरा वडा अध्यक्ष मकर बहादुर गुरुङले जानकारी दिए ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र