पुथा हिमालय मा. बि. मैकोटलाई संस्थाबात आधारभूत पुस्तक प्राप्त





कर्मसहि घर्ती मगर
८ फाल्गुन , रुकुम पूर्व

हिजो फाल्गुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा KarmaFlights foundation Nepal , Kaski को पहल र Education For Life , NORWAY को सहकार्यमा 'एक विद्यालय एक पुस्कालय ' अन्तरगत पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १ पुथा हिमालय मा. बि. मैकोटलाई  , १,५४,००० ( एक लाख चाैवन्न हजार ) बराबरको आधारभूत  पुस्तक हस्तान्तरण गर्‍यो ।

पुथा हिमालय मा. बि. मैकोटको प्राङ्गणमा भव्य तरीकाले भएको उक्त कार्यक्रम शिक्षक गंगाराम दाहालको उद्घोषण तथा प्र.अ. हस्तीमान पुनको सभापतित्वमा सम्पन्न भएको थियो । जसमा स्वागत मन्तव्य शिक्षक छविलाल दाहालले गरेका थिए । विशेष अतिथि Education For Life , NORWAY का कार्यक्रम सञ्चालक मीना कार्की ले ' आफु अहिलेसम्मको सबै भन्दा विकट क्षेत्रमा आएर यो कार्य गर्न पाउँदा हिँडाईमा अलि दु:ख भए पनि यहाँको प्राकृतिक साैन्दर्यले अत्यन्त प्रभावित र खुशी भएको र आगामी दिनमा फेरि आउने माैका जुराउने' कुरा बताईन् । उनले भनिन् - 'यी पुस्तक हाम्रा शिक्षक विद्यार्थीले पढेर ज्ञानार्जन गरेमा आफु र आफ्नो सँस्थाले खुशीको श्वास फेर्ने छ । साथै यी पुस्तकहरुलाई अत्यन्त माया गरेर पढ्नु होला र सुरक्षित राख्नु होला । '

विशेष अतिथि कार्कीले KarmaFlights foundation Nepal , Kaski र यसको मुख्य संस्थापक प्रमुख प्रेम बहादुर कुँवरको कुसल निर्देशनमा यो कार्य सम्भव भएको बताईन् । उनले हरेक काम KarmaFlights foundation Nepal , Kaski को रोहवरमा गर्ने गरेको खुलासा गरिन् ।

अर्का अतिथि KarmaFlights foundation Nepal , Kaski को तर्फबाट राजु परियारले संस्थाले सवास्थ्य र शिक्षालाई विशेष महत्व दिने गरेको बताए । उनले भने- यी पुस्तक दाताहरुमार्फत निकै गम्भीरतापूर्वक संकलन गरिएकोले विशेष प्राथमिकताको आधारमा अध्ययन मनन गरिदिनु होला । अाफ्नो संस्थाले यतिधेरै टाढा आएर पनि पुस्तक हस्तान्तरण गरेकोमा र यो जिम्मेवारी आफुलाई आएकोमा म निकै गाैरवान्तित छु ।

स्मरण रहोस् KarmaFlights foundation Nepal , Kaski को तर्फबाट प्रमुख प्रेम बहादुर कुँवर आउने भनिए पनि उनको अस्वस्थताका कारण स्टाफको रूपमा राजु परियार आएका हुन् ।

अर्का वक्ता शिक्षक अभिभावक संघका अध्यक्ष छायाँ बहादुर पुनले भने - ' हाम्रो जस्तो अती विकट क्षेत्रमा रहेको विद्यालयमा पनि यति धेरै मूल्यको पुस्तक हस्तान्तरण गरिएकोमा निकै खुशी लाग्यो । यसले शिक्षक तथा विद्यार्थीहरु धेरै लावान्वित हुने कुरामा आशा राखेको छु । खाली समयमा सबैले आफ्नो रुचिको पुस्तक गम्भीरतापूर्वक अध्ययन गर्नु हुनेछ । '

युवा तथा बुद्धिजीवी आइतमान पुनले 'विद्यार्थी तथा शिक्षकले अबका दिनमा आफ्नो बचत समयमा रूचि अनुसारका पुस्तक छानेर अध्ययन गर्नु हुनेछ र यो पुस्तक पढेर सृजनशिलताको विकास हुनेमा ' आफु आशाबादी रहेको बताए । यसले बिद्यार्थी देखि शिक्षकहरुलाई भरपुर रूपमा खुराक दिने कुरा सबै वक्ताहरुले बताएका थिए । बोल्ने वक्ताहरुमा स्वास्थ्यकर्मी समीर गिरी , बुद्धिजीवी दिल बहादुर बुढा , शिक्षक तथा अन्य बुद्धिजीवी लगायत सबैले KarmaFlights foundation Nepal , Kaski र Education For Life , NORWAY लाई विशेष आभारी व्यक्त गरे ।

बिद्यार्थी तथा अभिभावकको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत गीत र साना नानीहरुको आकर्षक नृत्यले अर्को राैनकता थपेको थियो ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र