सानो बजेटको उदाहरणीय महिला भवन
कर्मसहि घर्ती मगर
१५ फाल्गुन ,२०७४
तकसेराले एउटा उदाहरणीय काम गरेको छ । सानो बजेटले पनि आँट गरियो भने ठूलै काम बन्दो रहेछ । झट्ट हेर्दा ठूलै सरकारी बजेटले यो भवन परेको होला भन्ने भान पर्छ । तर यो महिला भवन हो । जुन कुल चाैध लाख रुपियाँले मात्र बनेको हो । बाँकी सबै गाउँलेले श्रमदानबाट यो भवन बनेको कुरा पुथा उत्तरगंगा गाउँपालिका वडा नं १० का अध्यक्ष ज्योतिमान गुरुङले बताए ।
साबिक गाबिस हुँदा २०७२ सालमा रु. ३,००,००० बजेट छुट्याएको थियो । त्यो साल पिल्डर मात्र उठाइएको हो । २०७३ सालमा साबिक गाबिसबाट रु ५००००० बजेट छु्ट्याईयो । जसले भवन निर्माणको काम भयो । यसपाली वडापालिका मार्फत रु ६००००० छु्याइएको र जसले ढलान देखि फिनिसिङ्गको काम भैरहेको कुरा अध्यक्ष गुरुङले बताए । बाहिरबाट झट्ट हेर्दा सानो जस्तो भवन बास्तवमा बजेट अनुसार निकै ठूलो र सह्रानीय काम भएको छ । सभाहलमा थुप्रै जना अटाउने ठाउँ छ ।
स्मरणरहोस् दुर्गुम क्षेत्रमा यति थोरै रकमले यस्तो भरपर्दो पक्की भवन निर्माण हुनु कल्पनाको कुरा हुन आउँछ । पुथा उत्तरगंगाको अन्य वडाहरुको लागि यो एउटा उदाहरणीय काम हुन सक्छ ।



Comments
Post a Comment