रुकुमकोटमा अलपत्र परेको स्याऊ वितरण
कर्मसहि घर्ती मगर
२० माघ , रुकुम पूर्व
रुकुम पूर्वको रुकुमकोटमा सदरमुकामको लागि गरिएको आन्दोलनका कारणले अलपत्र परेको १६००० बुटा स्याऊ आज आज मैकोटबाट वितरण भयो । रुकुमकोटमा ४ दिन , धाैला पैह्रामा १ दिन र सिसाघारीमा १ दिन रोकिएको कुरा कृषक जगत घर्तीले बताए ।
५०००पिस कोलमा वितरण गरिएको र बाँकी ११००० स्याऊ हुकाम र मैकोटमा वितरण गरिएको कुरा कृषक घर्तीले बताएका छन् ।
स्मरणरहोस् , उक्त स्याऊ जुम्लाबाट मगाईएको थियो । करीब ४००० बुटा पुषरबाट थपिएको कुरा उक्त स्याऊ समूहका जगत घर्तीले बताए ।


Comments
Post a Comment