हुकाममा धमाधम बिकाश निर्माण





कर्मसहि घर्ती मगर
२४ माघ , रुकुम पूर्व

पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ५ हुकाममा यतिबेला वडास्तरीय बजेटको लागतमा कामकार्यहरु धमाधम भैरहेका छन् । भर्खरै मात्र हुकामको माथिल्लो गाउँदेखि काजरजङ्सम्मको लामो दूरी बाटो रु ४००००० ( चार लाख ) को बजेटमा खनेर सकिएको कुरा वडा अध्यक्ष काली प्रसाद रोकाले बताए । उक्त बाटो हुकाम र काजरजङ्का गरि करीब १५० जनाको सामूहिक कामबाट सम्पन्न भएको हो । उनले भने - यता गरघाटदेखि हुकामसम्मको बाटो पनि ३००००० ( तीन लाख ) बजेटमा बाटो खनिएको तथा मर्मत गरिएको छ । उक्त बाटो हुकाम र गरघाटका करीब १२० जनाको सामूहिक कामबाट सुसम्पन्न भएको हो ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र