जुम्लाको स्याउ रुकुम पूर्वमा आधुनिक खेतीबाट फलाउने सुरसार
कर्मसहि घर्ती मगर/
२७ माघ, रुकुम पूर्व
रुकुममा जुम्लाको स्याउ फाल्ने भएको छ । स्याउ खेरीका लागि उपयुक्त मानिएको रुकुममा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत जुम्माका स्याउका बिरुवाहरु रुकुममा रोप्न लागिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गत खेति हुन लागेको स्याऊको बिरुवा हाल रुकुम पुथा उत्तरगंगा गाउँ पालिकाका वडाहरुमा वितरण भैरहेको छ ।
करीब २६ हजार बुटा (बिरुवा) जति माग भएकोमा जुम्लाबाट १६ हजार पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १ पुषरबाट ३ हजार बुटा गरेर जम्मा १९ हजार बुटा अहिलेसम्म वितरण गरिएको उक्त स्याऊ समूहका अध्यक्ष जगत घर्तीले बताए ।
अझैँ ७ हजार बुटा खरीद गरि वितरण गर्न बाँकी रहेको उनले बताएका छन् ।
अब पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १० घुम्लिबाङ्ग र वडा नं. १ पुषरबाट तत्काल खरीद गरि स्याऊ उपभोक्ता समूहलाई वितरण गरिने कुरा उनले जानकारी गराए ।
तस्बिर: कर्मसहि घर्ती मगर

Comments
Post a Comment