त्रिबेनीधाममा मेला लाग्दै





 खेल खेलौ स्वस्थ बनौ भन्ने मुल नाराका साथ हिमाली जिल्ला रुकुम पुर्बको पुथा उत्तरगंगा गाउँपालीका १४ राङसीले जाने माघ र फाल्गुण १ गतेको जनयूद्धको बर्षगाँद्धको अबसरमा खेलकुद तथा साँस्कृतीक कार्यक्रमको आयोजना गर्दैछ । श्री त्रिबेनी खेलकुद समितिको मुल आयोजना र श्री साँस्कृतीक संरक्षण यूवा समाजको ब्याबस्थापनमा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता बिबिद साँस्कृतिक कार्यक्रम हुकाम नदि र उत्तरगंगा नदिको संगम स्थल त्रिबेनीमा फाल्गुण १ गते बात हुने भएको छ । धार्मीक स्थल त्रिबेनीमा अघिल्लो बर्ष बितेकाहरुको आफन्तहरुले मृत्कको नाममा बत्ति बालेर नदिमा बगाएर आफुले सकेको दान गर्ने गर्छन् । श्रद्धालुहरु माघ २९ गते साँझ त्रिबेनीधाममा भेला हुन्छन् । मृत्कको आत्माको चिर शान्तीका लागी रातभरि गित गाएर बिताउने गर्छन् । बिहानै धार्मीक कार्य गरेर घर फर्किने गरेको साँस्कृतीक संसक्षण यूवा समाजका अध्यक्ष द्रबेस बुदा मगरले बताएका छन् । यहि अबसरमा यूवाहरुले खेलकुदको आयोजना गरेको खेलकुद समितिका अध्यक्ष गोबिन्द बुदामगरले जानकारी दिए । खेलकुदमा रमन र रमाउने खेलप्रमीहरुले भाग लिएर आफनो खेल प्रर्दशन गर्न खुल्ला भलिबल पुरुषहरुले २५०००। ह्जार,१५०००। ह्जार,१००००। ह्जार र सान्तवनाले ५०००। ह्जार पुरस्कार हात पार्ने छन् । महिला खेलादीहरुले १५०००। ह्जार,१००००।हजार,५०००,हजार र सान्तवनाले २५००। सय पुरस्कार पाउने छन् । दोहोरि गितका बिजेताले क्रमश १५००।,१०००।,५००। पुरस्कार पाउने छन् । नाचेर पनि पैसा पाउने गरि १५००।,१०००।,५००। पुरस्कार राखिएको कुरा खेलकुद सचिव कमल बुदा मगरले जानकारी दिए । खेलकुदको शिल्द मेदलहरु रुकुम पुर्वका बिजेता सभासद प्रतीनिधि सभा सदस्य कमला रोका मगरले प्रायोजन गर्नु भएको थियो ।     

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र