सदरमुकाम स्थानार्थ गर्न राजधानिमा शान्ति पुर्न र्यालि
राज्यको पुन:संरचना क्रममा रुकुम र नवलपरासी गरी दुई जिल्ला टुक्रिए । नेपालको संविधान २०७२ को अनुसूची–४ मा उल्लेख गरिएअनुसार हाललाई रकुम जिल्लाका दुई भागमध्ये प्रदेश नं. ५ मा रुकुम (पूर्वी भाग) र प्रदेश नं. ६ मा रुकुम (पश्चिम भाग) भनेर उल्लेख गरिएको छ । ७५ जिल्लामा २ जिल्ला थपिएपछि ७७ औं जिल्लाको रूपमा रुकुम पूर्वको जन्म भयो । फलस्वरूप पूर्वी रुकुम ‘कान्छा जिल्ला’ को रूपमा समेत चिनिएको छ । मगर बाहुल्य पूर्वी रुकुमलाई आदिम सांस्कृतिक थलोको रूपमा चिनिन्छ । मगर खाम यहाँको मुख्य भाषा हो । सरकारले रुकुम (पूर्व) को सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ गोलखाडा बनाउने निर्णय गरेपछि सरकारको निर्णयलाई स्वागत गर्दै आज रुकुम पुर्बका खामभाषी जन्ताले सरकारको निर्णयलाई नै सदर गर्न दबाब मुलक शान्ती पुर्ण र्याली गरेका छन् ।
र्याली शान्तीवातिका बात शुरु गरेर रत्नपार्क, भद्रकाली, हुँदै माईतीघर मण्डलामा पुगेर कोणसभामा परिण्त भएको थियो । सभालाई ऐक्याबद्धता जनाउदै नेपाल मगर संघका अध्यक्ष नविन रोका मगर, मगर अभियन्ता बमकुमारी बुदा मगर, प्रध्यापक पुर्णबहादुर बुदा मगर, राष्टिय स्तरमा सतहमा रहेका ठुला दलका खामभाषी सबै नेताहरु हरिशन्कर घर्ति मगर, पुनिराज घर्ति मगर, सुरेन्द्र पुन मगर, मस्तबहादुर बुदा मगर पर्यतन ब्याबसायि महेश बुदा मगर लगातका बक्ताहरुले बोलेका थिए । आफना धारणा ब्याक्त गरेका थिए । सदरमुकाम स्थानार्थ सरोकार समिति संयोजक पुर्ब राज्यमन्त्री केशरमान रोका मगर सम्हाल्नु भएको छ ।
माघ ११ गते बसेको मन्त्रीपरिषदले सदरमुकाम गोलखाडा तोके पछि सरकारले गरेको निर्णको विरूद्ध अधिवक्ता गणेश हमालले सर्वोच्चमा मुद्दा दायर गर्दा उक्त मुद्दा अहिले सर्वोच्चमा बहसमा छ। माघ २८ गते सर्बोच्चले तत्काललाइ नसार्न अनतरिम आदेश जारि गरेर फाल्गुन ८ सम्म सारेको थियो । ८ गतेको दिन लाइ मध्यानजर गरेर आज राजधानिमा सान्ति पुर्न र्यालि गरेका ्थिए । कार्यक्रमको सहजिकरन युबा नेता धुर्ब पुन मगर गुमानेले गर्नु भएको थियो ।
Comments
Post a Comment