सहिद सप्ताहको अवसरमा रुकुमकै सर्बादिक राशिको खेलकुद आयोजना




वाई सी एल नेपाल (रुकुम पुर्व) ले सहिद सप्ताह को अवसर पारेर खेलकुद आयोजना गर्दैछ । यही मिति २०७४ फाल्गुन २१ गते  सहिद परिवार सम्मान तथा बृहत् पुरुष भलिवल प्रतियोगिता को आयोजना गरेको छ ।  प्रतियोगिता २१ देखी सुरु भई २५ गते सम्पन्न हुने छ जस्मा रुकुम पुर्वका सबै ३१ वटै वडा वाट ३१ वटा तिमका खिलाड़ी हरुको सहभागिता हुने छ । पुरुष्कार रासी क्रमस  प्रथम = कप,मेडल,प्रमाण पत्र सहित१०००००(एकलाख) दोस्रो =ट्रफी,मेडल,प्रमाण पत्र   “ ५००००(पचास हज़ार) तेस्रो = ट्रफी,मेडल,प्रमाण पत्र। “ २५०००(पचिस हज़ार) उत्कृष्ट पुरस्कार तर्फ (वेस्ट प्लेयर,वेस्ट स्पाइकर,वेस्ट सरभर,वेस्ट लिव्रो,वेस्ट बल्कर) यसै प्रतियोगिता वाट विकट गाउहरुमा रहेका नया प्रतिभावान उत्कृष्ट खिलाड़ी छनौत गरी प्रसिक्षण दिईने छ त्यस पछि जिल्ला स्तरीया तिम निर्माण गरीने कुरा रुकुम पूर्वको ईन्चार्ज सुनिल रोका मगरले जानकारी दिनु भयो । यस लगतै महिला भलिवल च्यामप्यानसिपको पनि आयोजना गरीने कुरा पनि बताउनु भयो । यसको साथसाथै खेल्कुद मा मात्रै नभएर विभिन्न युवा लक्षित कार्यक्रम हरु विभिन्न सिपमुलक तालीम रोजगारी तथा उद्धमसिलता तर्फ युवा हरुलाई पेररीत बनाएर युवा लाई विदेशीन वाट रोक्ने र विदेशीएका युवाहरुलाई पनि फर्केर आफ्नो ठाऊ मा मेहनत गर्नु गराउनु संगठन को मुख्या भूमिका रहेको समेत बताउनु भयो ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र