राप्तीको पहिलो चर्चघर
तत्कालीन बाग्लुङ जिल्लाको तकबाच्छी गाउँपञ्चायतमा रहेको तकगाउँमा स्थापना गरिएको इसाइघर हो तक मण्डली । शुरुवाती दिनमा १०,१२ जनाबात चर्चमा प्रवेश गराएका डेभिड वार्टसले पछि खाम बातै बाईबल छपाईदिए । बिक्रम संबत २०२२ सालतिर सल्यान जिल्लाको सेरागाउँमा तत्कालीन जिल्ला विकास समिति सदस्य सिर्जन बुदा मगरको घरमा पाँच वर्ष बसेका थिए । एकदिन तकगाउँमा तकालेहरुले राँगा कात्दै थिए मासु लिन डेभिड आउँदा त्यहि भिडमा हस्तराम बुदा मगर पनि मासु लिन पुगेका थिए । दुबै जना बिच केहि वार्तालाप भयो । हस्तराम तेतिखेर बृत्तिस आर्मीमा जागिरे थिए अंग्रेजी बोल्न सक्ने भएपछि डेभिडसँग धेरै बेर सम्म गफसपमा जुले । एक आपसमा भेतगात बाक्लीदै गयो अचानक डेभिडले तकमा सर्ने कुरा सुनाए मगरलाई । मगरले घरपरिवारसँग सरसल्लाह गरेर निर्णय दिने बताए । बोली पल्त परिवारसँग सल्लाह मिल्यो भनेर डेभिडलाई सुनाउदा खुशीले गदगद भए । केहि समय पछि डेभिड झोलागिन्ती बोकेर तकमा सरे ।
मगरले डेभिड बस्नलाई नजीकको बारी खोजिदिए जग्गा रिमाछुम्तुमा भेटियो तत्कालै किनेर पास गरिदिए पछि डेभिडले घर बनाउन शुरु गरि हाल्यो । छितै डेभिडले मगरसँग काका साइनो गाँसिहाले । अब मगर डेभिड काका भतिज भए । डेभिडको सल्लाहमा हस्तराम बुदा मगर बाट हस्तराम खाममा परिन्त भयो । अहिले सम्म खामबाट नै परिचित छन् । शुरुवाती दिनमा मगरको परिवार र दाँते बुदा, कामी बुदा, तिपलक्या बुदा, उजर बुदा आदी मिलेर चर्चघरको स्थापना गरेका थिए । त्यस पछि जमान बुदा र संजिव बुदाहरु सामेल भए । बिक्रम संवत २०२८ साल बाट शुरु भएको तक मण्डलीमा बि.सं.२०३७ साल सम्म डेभिड आफै पास्चर रहेर काम गरे २०३७ बाट हस्तराम खामलाई हस्तान्तरण गरेका थिए । ०३७ सालमै कर्ण बुदा,गली बुदा,कामी गुरुङ र फिरि गुरुङ गरी चार जनाले भक्त्तिसमा (कसम) लिएको सालमै तत्कालीन पञ्चेहरुको सुराकीमा प्रहरीलाई जेलनेल गर्न लगाईयो । २०३७ देखि २०४० सालको बिचमा जेलनेल र धेरै आरोह अबरोहहरु पार गरेका थिए । प्रहरीको सहनै नसकिने चोट खाए पनि धर्म नछोडने अडान राखे पछि अन्तट चार बर्ष पछि बिना सर्त रिहा गरे ।
त्यस पछि शान्तसँग अहिले सम्म चर्चघरमा संगती गरिरहेका छन् । ४ वर्षको अन्टरालमा कहिले पनि एक ठाँउमा भेला हुन पाएन्न लुकी लुकी कहिले रै खोला, कहिले मार्केखोर, कहिले लेखमा पुगेर भेला भएको कुरा मिल संचालक कर्ण बुदाले बताउनु भयो । अहिले विश्वासीहरुको समुहमा रहेको दाङुरीको स्याउ बारी पञ्चे र पुलिसको आँखा छलेर घुम्लीबाङका विश्वासीहरुसँग भेत हुनलाई किनेको कुरा पनि सुनाउनु भयो । बि.सं.२०४१ साल जेठ महिनामा हस्तराम खाम, तेजेन्द्र खाम र डेभिड वार्टस (सायप) काठमाडौँ बाट तिपलक्या बुदा, कर्ण बुदा, कामी बुदा, संजिव बुदा, जमान बुदा तकबाट डोरपाटनको निसेलडोरको सुन्सान जंगल पल भन्ने ठाउँमा तिन दिन सम्म छलफल गरेर धागोको सहारामा हातले नापेर मिलको अबधारणा तयार गरि छुट्टिए । तक फर्किनेहरु दियालोको भारी बोकेर आए काठमाडौँमा गएको समुहले नापजाँच अनुसारको सामान भतmपुरमा खरिद गरि घुल्मीको बाक्राखोर सम्म बसमा त्यहाँ देखि मान्छेले बोकेर तक सम्म ल्याए ।
विश्वासीहरुको कोषमा जम्मा भएको रु ६० हजार र डेभिडले दिएको बिना ब्याजको रु २० हजार जम्मा गरेर सबै विश्वासीहरुले आधा ज्याला मात्र लिने शर्तमा काम गरेर रु ७० हजारमा मिल निर्माण भएको कुरा बुदाले बताउनु भयो । त्यो समयमा घर नजिक काम गर्दा रु ५ र घर भन्दा तादा काम गर्न जाँदा रु १० ज्याला रहेको बेला मिल निर्माण गरेको कुरा सुनाउनु भयो । मिलबात रकम उठेपछि डेभिडलाई पैसा पिर्ता दिए । शुरुमा मिल चलाउन र मर्मत गर्न जमान बुदा र संजिव बुदा जोमसोम पुगेर दुई महिना तालिम गरेर फर्के पछि.मिल चलाए ।
मिल चलाउन राती समस्या भए पछि १० वर्ष पछि एकलाख पचास हजार खर्च गरेर बत्ति जोडेर झलमल बलाए । १६ वर्ष मिल चलाए पछि दन्द्धको त्रासले मिस्त्री जमान बुदा घोराही झरेपछि कर्ण बुदाले मिस्त्री जिम्मा सम्हाले । शुरुवाती दिनमा बिना तालिम मिल चलाउँदा तरिका नजानेर ग्रिस पत्ता बाहिर र अलकत्र पत्ता भित्र लगाएर चक्का नघुमेर हैरानी खेपेर रुँदै रुँदै मिल चलाएको अनुभब सुनाउनु भयो । हस्तराम खामले २०३७ साल बाट २०५६ साल सम्म पास्चरको जिम्मा सम्हाले २०५६ सालमै सुक बुदा र गोपाल बुदालाई पास्चरको जिम्मा दिए सोहि साल नै पुलिसले दुबै जनालाई गिरफतार गरेर चौकिको आगनमै गोली हानेर मार्यो । केहि समय पास्चर जमान बुदाले चलाउनु भयो । जमान बुदा घोराही झरेपछि ६।७ वर्ष रामु बुदाले सम्हालेका थिए । त्यस पछि अहिले सम्म सिरधन पुनले सम्हालीरहेका छन् । अहिले तक मण्डलीमा ३५।४० घरको हारहारीमा रहेको ७३ वर्र्षिय मिल संचालक कर्ण बुदाले बताउनु भयो ।





Comments
Post a Comment