पुथा उत्तरगंगा गाउँपालिकामा स्वास्थ्य बीमा अभिमूखिकरण





कर्मसहि घर्ती मगर
२७ माघ , रुकुम पूर्व

पुथा उत्तरगंगा गाउँपालिकामा 'स्वास्थ्य बीमा वडा स्तरीय अभिमूखिकरण ' साबिक रन्मामैकोटका वडा , अहिलेका १ , २ , ३ र ४ वडाहरुमा स्वास्थ्य  बीमा सम्बन्धि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम ईलाका स्वास्थकर्मी समीर गिरीद्वारा सञ्चालित भएको थियो । स्वास्थ्यकर्मी गिरीले स्वास्थ्य बीमाका फाईदा र यसले ल्याउने सकारात्मक पाटोको बारेमा सबैलाई जानकारी गराए । यसबाट कार्यक्रममा उपस्थित सबै हाैसिएका थिए ।

उपस्थित सहभिगिमध्ये पुथा हिमालय मा.बि.का प्र.अ. हर्तिमान पुनले थोरै बजेटमा पनि सदस्यहरुले बर्षमा धेरै मूल्य बराबर स्वास्थ्य बीमा पाउनु हाम्रो जस्तो विकट हिमाली जिल्लाका अत्यन्त गरीब र पिछडिएका समुदायको लागि साैभाग्यशाली माैका हुने छ भनेका छन् । अर्का उपस्थित अमरधन पुनले २५०० रुपैयाँले पचास हजारको स्वास्थ्य बीमा पाउनुले आफुलाई निकै हाैसला लागेको बताए ।  साथै उक्त कार्यक्रम लगत्तै चारवटै वडामा स्वास्थ्य बीमा दर्ता भएका छन् ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र