वाइसीएल नेपालका संयोजक टीका घर्ती मगरले रुकुम पूर्वका प्रतिनिधिहरुलाई चेतावनी
कर्मसहि घर्ती मगर
७ फागुन , रुकुम पूर्व
YCL Nepal का रुकुम पूर्व संयोजक टीका घर्ती मगरले रुकुम पूर्वका प्रतिनिधिहरुलाई सदरमुकामको लागि तटस्थ नबस्न र कुनै एकको पक्षमा तुरुन्त आफ्नो मत जाहेर गर्न कडा चुनाैती दिएका छन् । यो वा त्योको अन्योलतामा रुमलिनु र बाहिर सबैलाई साखुल्ले भए जस्तो गरि भित्र छद्दम भेष गर्नु प्रतिनिधिहरुको नैतिकता हैन । यसले प्रतिनिधिहरुमा जनताको अविस्वास झन् झन् माैलाउने उनले बताए ।
विगत सरकारको गोलखदा सदरमुकाम तोकेको निर्णयलाई वर्तमान सरकारले विना संकोच कार्यान्वयनमा ल्याओस् , सर्बोच्चमा परेको रिट खारेजी होस् , नत्र भने निकै चर्को र थेग्न नसकिने आन्दोलनको जेहाद छेडिने छ ; नेता घर्तीले कडा रुपमा बताए । वर्तमान सरकारले गोलखदालाई मान्यता दिएर हिमाली जनताको न्याय गरोस् । रुकुमकोटलाई अर्कै दँगबाट विकास र समृद्धिमा पुर्याउने मेसो बनाओस् । यसमा हाम्रो पूर्ण समर्थन हुने छ ।
स्मरण रहोस् , हिजो फागुन ६ गतेका दिन विवादित सदरमुकाम गोलखदा विरुद्धमा सर्बोच्चमा परेको रिटको विरुद्ध शान्तीपूर्ण र्याली रत्नपार्क हुँदै माइतीघर मण्डलामा कोणसभामा परिणत भयो । उक्त सभामा केशरमान रोका , पुनिराज घर्ती , हरिशंकर घर्ती र लक्ष्मी प्रसाद पुनले गोलखदा सदरमुकामको विकल्प नरहेको जिकिर गरे । यदि यो सरकारले निर्णयलाई उल्ट्यायो भने त्यसले नराम्रो परिणाम ल्याउने ठोकुवा गरे ।

Comments
Post a Comment