बिर्गुमदेखि बयाली डाँडासम्म गोरेटो बाटो मर्मत




कर्मसहि घर्ती मगर
९ फाल्गुन , रुकुम पूर्व

पुथा उत्तरगंगा वडा नं. १३ मा विकास निर्माणकार्य शुरु भएको छ । बिर्गुमदेखि बयाली डाँडासम्मको बिग्रे भत्केको गोरेटो बाटो १,५०,००० को बजेटमा मर्मत सम्भार सम्पन्न भएको छ । वर्षा मासमा पहिरोले बिगारेका कैयाैँ अप्ठ्यारा बाटाहरु पूर्णरूपमा मर्मत भएको कुरा उक्त वडाका अध्यक्ष दिनेश गुरुङले बताएका छन् । अब भने किराना भारीसँग घोडा खच्चड मजाले आतेजाते गर्ने उनले बताए ।








यस्तै पदमिदेखि त्रिबेणीसम्मको गोरेटो बाटो माथि डोजरले बाटो बनाउँदा पुरिएकोले उक्त बाटो मर्मत गर्नु परेको कुरा अध्यक्ष गुरुङले बताए । यो मर्मत सम्भार रु ५०,००० मा सम्पन्न गरिएको उनले बताए । अध्यक्ष गुरुङले अब तुरुन्तै बाँकी काम प्राविधिक स्टिमेट गरेलगतै शुरु हुने बताएका छन् ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र