पाँच मैकोटी नामक संस्थाले मैकोटमा सरसफाइ गर्दै




कर्मसहि घर्ती मगर
१० चैत्र , रुकुम पूर्व

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १ मा M5 Guys अर्थात पाँच मैकोटी नामक उक्त समूहको अगुवाईमा आज मैकोटमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । झट्ट हेर्दा कुनै रक साङ्गितिक समूहको जस्तो नाम रहेता पनि यो विशुद्ध सरसफाइमा आबद्ध रहने कुरा उक्त समूहका आकाश पुन मगरले बताएका छन् । आफ्नै श्रमदानमा डम्पिङ खनि भ्याएका छन् । आफ्नै व्यक्तिगत लगानीमा डष्टबिन किनेर १३ ठाउँमा व्यवस्थापन गरेका छन् ।

प्रत्येक टोलमा १/१ वटा , स्वास्थ्य कार्यालय , प्रहरी चाैकी , बिद्यालय , पसल र होटलको छेउछाउमा उक्त डष्टबिन राखिएको छ । अब प्रत्येकले आ-आफ्नो टोलको फोहोर त्यहाँ राख्नुपर्ने छ । जुन फोहोरलाई M5 Guys ले डम्पिङ गर्नेछ । त्यस बापत प्रत्येक टोलले रु. ५०० का दरले प्रति महिना सहयोगार्थ यहि समूहलाई कर तिर्नु पर्ने छ । स्वास्थ्य कार्यालय , प्रहरी चाैकी , बिद्यालय , पसल र होटलले पनि त्यसै गरि प्रति महिना रु. ५०० का दरले उक्त समूहलाई सरसफाइ बापत सहयोग गर्नेछन् ।

उक्त समूह नितान्त जनचेतनाको लागि गठन भएको कुरा आकाश पुन मगरले जानकारी दिए । यो अस्थाई रोजगारवाला र बेरोजगार युवाहरुको रोहबरमा गठन भएको हो ।

यो कार्य निकै सकारात्मक रहेको कुरा सबै जनसमुदाय , बुद्धिजीवी , महिला , स्वास्थ्यकर्मी , प्रशासन लगायतले बताएका छन् । सबैको आशा थियो , अब मैकोेटमा फोहोरको व्यवस्थापन दिगो बनोस् ।

सरसफाइ कार्यक्रम र डष्टबिन बारगर , कान्छाबारा , चाैतारा , पसल , प्रहरी चाैकी , होटल , स्वास्थ चाैकी , कालदुङ , धारा , स्युरुम र बिद्यालय हुँदै व्यवस्थापन गरिएको थियो । थुप्रै जनसमूहको उत्साहमय उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र