नया वर्ष मान्न तकसेरा जाउ भरपुर मनोरंजन गरौ
मैत्या घर्ती मगर
रुकुम पुर्ब
हिमाली जिल्ला रुकुम पुर्बको पुथा उत्तरगंगा गाउँपालीका १० प्राकृतीक सौन्दर्यले भरिपुर्ण सुन्दर बस्ती तकसेराको श्री नरसिँ हिमाल यूवा कल्वले नया वर्ष २०७५ सालको बैशाख १ गतेको अबसरमा खेलकुद तथा साँस्कृतीक कार्यक्रमको आयोजना गर्दैछ । श्री नरसिँ हिमाल यूवा कल्व खेलकुद समितिको मुल आयोजना र ब्याबस्थापनमा खुल्ला पुरुष, महिला भलिबल, फुटबल तथा बिबिद साँस्कृतिक कार्यक्रम नरसिँ हिमालको काख र उत्तरगंगा नदिको संगम स्थल चेल्बाँको आगनमा बैशाख १ गते बात तामजामका साथ मेला लाग्ने भएको जानकारी श्री नरसिँ हिमाल यूवा कल्वका अध्यक्ष मरिचमान बुदा मगरले बताएका छन् । खेलकुदमा रम्न र रमाउने खेलप्रमीहरुले भाग लिएर आफनो खेल प्रर्दशन गर्न खुल्ला भलिबल पुरुष विजेताले क्रमश ७५,०००। ह्जार,४०,०००। ह्जार,२०,०००। ह्जार र सान्तवना रु ५०००। ह्जार पुरस्कार हात पार्ने छन् । फुटबल बिजेताले क्रमश ५०,०००। ह्जार, ३०,०००। ह्जार, २०,०००। ह्जार सान्तवना ५०००। तथा महिला भलिबल विजेताले क्रमश ३०,०००। ह्जार,२०,०००। हजार,१०,०००,हजार र सान्तवनाले ५०००। सय पुरस्कार पाउने छन् । कला र गला हुनेले पनि पैसा पाउने गरि दोहोरी गित गाएर गितका बिजेताले क्रमश १०,०००।,७०००।,५०००। ह्जार पुरस्कार राखिएको कुरा कल्वका सचिव दिपक बुदा मगरले जानकारी दिए । पुरस्कार राशी सहित साथमा शिल्द मेडल र प्रमाणपत्र पनि रहेको कुरा पनि बताएका छनु । खेलकुदको शिल्द मेदलहरु कामको शिलशिलामा देश विदेशमा रहेका रुकुम पुर्व वडा न.१० र ११ तथा नरसिं हिमाल यूवा कल्वका पुर्ब पदाधिकारीहरुले प्रायोजन गर्नु भएको थियो । खेलमा सहभागी हुने खेलाडीहरुले पुरुष भलिबलमा रु ५०००। ह्जार फुटबलमा रु ३०००। म्हिला भलिबलमा रु २०००। दोहोरी गितमा रु ५००। मा नाम दर्ता गर्नेछन् ।
Comments
Post a Comment