अन्र्तक्रियामा रुकमकोट र गोल्खादा बिचका बिचारहरु





मैत्या घर्ती मगर
काठमाडौँ
चैत्र ११-२०७४
हिमाली जिल्ला रुकुम पुर्बको सदरमुकाम अन्र्तद्धन्दमा भएको अन्योलतालाई निकास दिन सरोकारवाला राजनितिक दल तथा बिजयी जनप्रतीनिधी बिच अन्र्तक्रिया भएको छ । जिल्ला समंन्वय समिति रुकुम पुर्बको आयोजना र ब्याबस्थापनमा काठमाडौंको सुन्धारामा रहेको होटेल निपोनको गोष्ठी हलमा सम्पन्न भयो । करिब चार घण्टा चलेको अन्र्तत्रियामा गोलखाडा र रुकुमकोतको बारेमा आ आफना धारणा प्रस्तुत गरेका थिए । संयोग मानौँ अरुले चैते दशैँ धुमधामले मान्दै गर्दा पुर्ब रुकुमका सरोकारवालाहरु बिचमा भने खुबै जुहारी चलेको थियो । पाँच न. प्रदेशका सभामुख पुर्ण घर्ती मगरले सहमति गरौ अगाडि बडौ रुकुम पुर्बको यो बिबाद सिर्जना गर्ने नै रुकुमको माउ पार्ती माओबादी केन्द्र हो तेतिखेरको पाँच न. प्रदेश संयोजकको नाताले आफनो तर्फबाट माफी माग्न चाहान्छु साँचै भन्नु पर्दा कुरा जति घुमाई फिराई गरे तपाईहरु रिसाए पनि सदरमुकाम रुकुमकोतमा राख्ने निर्णय गरेकै हो हाम्रो पार्तीले काम गर्दा हाम्रो दंग नपुगेकै हो हामी लिडरहरु साँचिकैको लिडर बन्न सकेका छैनौ । जन्तालाई हामीले प्रस्तरुपमा जवाफ दिनु पर्छ मलाई के लाग्छ भने यो कुरा जन्ताको चाहाना भन्दा पनि नेताको प्रतिस्थाको बिषय होला बन्ने मलाई चिन्ता छ । हाम्रो पार्ती अध्यक्ष प्रचण्डले बोल्ने क्रम्मा नया जिल्ला बन्ने बेला नया सदरमुकाम बने पछि रुकुमकोतेहरु रमाए भने खामभेगकाहरु भित्रभित्र चिडिए ।  रुकुम पुर्ब क्षेत्र न.१ का बिजयी सभासद तेज बहादुर वली प्रतिकले सके सहमतिमा अघाडि बडौ र कुरा सिदा गर्नुपर्छ सदरमुकाम रुकुमकोतमा हुनुपर्छ बनेको कुरा किन लुकाउनु कसैले कुनै धम्की नदिए हुन्छ धम्कीको कुनै औचित्य नभएको कुरा प्रस्त पार्नु भयो । काली बहादुर रोकाले  तपाईहरूलाई चाहिएको रुकुमकोट हामीलाई चाहिएको गोल्खादा भने समस्या हामीमा नभएर अरुमा हुन्छ त ? र अर्को कुरा हिजो रुकुमकोट बाट मुसिकोट केन्द्र सार्ने वेला किन गोल्खादा सारीएन भन्ने बढ़ो कच्चा तर्क छ र कच्चा यसकारण कि १८ साल देखी बसेको रुकुमकोट केन्द्र ३० सालमा रुकुमकोटकै नेताहरूले राजासँग सम्बन्ध बिग्रन्छ भन्ने स्वार्थले आफ्नै आँगन मा रहेको केन्द्र मुसिकोट सार्न केन्द्र लिन आएका मुसिकोटे गोपालेलाई आफ्नै हातले अबिर र फुलमाला सहित डोकोमा बोकाएर पठाउँदै गर्दा अहिलेका अधिकांश पुर्वी बस्तिहरू रुकुममा थिएनन । बरु अब खोस्ने  र खोसिने छ जसले सक्यो उसले लाने छ ३२ सालमा बाग्लुङ बाट रुकुममा गाभिँदा मुसिकोट केन्द्र भइसकेको दुईबर्ष पुरा भएको थियो । र अर्को कुरा साबिकको जिल्लाको हकमा रुकुमकोट नै सबैलाई पायक पर्ने ठाउँ थियो । यसकारण रुकमकोट सेन्टर र उचित ठाउँ हुँदाहुँदै गोल्खादाको कुरा गर्नु राम्रो थिएन र त्यस्तो उल्टो कुरा गर्ने नियत पनि हुँदैन हामीमा । रुकुमकोट आफैले फुलमाला सहित पठाएको केन्द्रलाई त्यतिवेलाको अल्पमतमा रहेको पुर्वी समुदायले फर्काउंन सक्ने कुरै भएन । अहिले जिल्ला बिभाजन भएपछी भौगोलिक अवस्था पनि फेरीएको छ । जनघनत्व र मानिसहरूको चेतना वृद्धी भएको छ । हिँजो सेन्टर मा पर्ने रुकमकोट आज एकछेउमा झुण्डिएको छ । जनताको सुगमता र पायकलाई कदर गर्नेक्रममा गोल्खादा नै उचित केन्द्र हो । रुकमकोट गोल्खादामा  र गोल्खादा रुकमकोटको ठाउँमा भएको भए हामीले रुकुमकोटलाई नै मान्थ्यौँ । हामी नाजायज़ कुराको पछी ज़िद्दी गरेर लागदैनौँ राम्रो अध्यन  गरेर गोल्खादा लाई निर्णय गरेका छौ समानता र भावनाको कदर गर्छौ । मलाइ त एक रति पनि विश्वास गर्दैन यो सरकारले निर्णय उल्ताउन सक्दै सक्दैन । दस बर्षे जनयुद्दमा पछिमे भन्दा खामेहरुकोनै भदी बन्दा भदी योगदान छ । हामि खामभाशीहरु राजनीतिक आर्थिक र संगठन सबै कुरामा सबल र आगाडी नै छौ भनेर आफ्नो बिचार राख्नु भयको  थियो । रुकुम पुर्बका प्रतिनिधि सभासद कमला रोकाले हामी जनप्रतिनिधिहरु कसैलाई काखा र कसैलाई पाखा पारेर बोल्ने मनसायमा छैनौ । मलाई धेरै फोन आए अहिले सम्म मौन नै बसेको छु बरु प्याकेजमा बिकास गर्न सल्लाह गर्न सुझाए । एमाले रुकुम पुर्बको ईन्चार्ज खेममान खडकाले हामीहरुलाई रुकुम तुक्रयाउने सदरमुकाम तोकने र जिल्ला उत्घातनको बारेमा पहिले देखि कुनै जानकारी नभएको अहिले आएर मात्र थाहा पाएको बताए अहिले सम्म संघियताको बारेमा कुनै ज्ञान नभएको कुरा सुनाए । संघिय समाजबादी फोरम नेपालका नेता सुरेन्द्र पुन मगरले यदि संघियताको मर्म बिपरित कदम चालिएमा खाम क्षेत्रलाई समानान्तर जिल्ला घोषना गरेर सरकार चलाउन तयारी अबस्थामा रहेको कुरा बताउनु भयो । नेपाल संयूक्त राष्ट्र संघको पक्ष राष्ट्र रहेको हुनाले बिकल्पमा बातो फराकिलो रहेको कुरा थप्दै रुकुम पुर्बको पुरा नक्साको बिचमा कम्पास राखेर घुमाउ जहाँ सेन्तर पर्छ त्यहि राख्न हामी तयार रहेको कुरा पनि बताउनु भयो । राप्रपाका नेता मदन शाहले पहिले रुकुमकोत बाट काम चलाएर किन अन्तै लाने भनेर आक्रोश ब्याक्त गर्नु भयो । वक्ताहरुले समेत कसैले पनि मुकाम नेपाल सरकारले तोकेको हो बनेका थिएन्न प्रयजसोले सारिएको कुरा मात्र प्रस्तुत गरेका थिए आदीकारिक रुपमा तत्कालीन देउवा सरकारले माघ ११ गते मात्र तोकेको थियो । कार्यक्रमको सहजिकरण जिल्ला समंन्वय समिति प्रमुख  गजेन्द्र  बहादुर वली  (कैलाश) ले  गर्नु भएको थियो । कार्यक्रम्मा गोलखादाको संयोजक पुर्ब राज्यमन्त्री केशरमान रोका मगर र रुकुमकोतको संयोजक नन्दलाल शर्माले आ आफना धारणा प्रस्तुत गर्नु भएको थियो ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र