भुमे ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न



 श्रीकृष्ण बूढा मगर
रुकुम पूर्व 
रुकुम पूर्वकाे भुमे ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । यस बर्षकाे विभिन्न अायाेजनाकाे कामकाे समिक्षार वडा कार्यालय देखि हुने सेवासुविधा त्यसकाे प्रभाव  बारे छलफल भएको छ वडा कार्यालयकाे अायाेजनामा र रुकुमेली समाज विकास केन्द्र रुकुम पहल कार्यक्रमकाे अार्थिक सहयाेगमा कार्यक्रम सम्पन्न भएको हाे। कार्यक्रममा बाेल्ने सहभागीहरूले स्थानीय सरकार अाएपछि विकासकाे लहर भएको सडक खानेपानी कृषि राेजगार वडा बाट हुने सेवा सुविधाहरु सहज छिटो छरितो झन्झट नहुने बताएका छन्।  वडा अध्यक्ष टेक प्रसाद बुढाकाे अध्यक्ष्ातामा भएको कार्यक्रममा रुकुमेली समाज विकास केन्द्र रुकुमका सुशासन अधिकृत मधुकर पाण्डेको प्रमुख अतिथि र जिल्ला प्रशासन कार्यालका असही बिष्णुराज पाेख्रेलकाे बिशेश अातिथ्यता रहेकाे थियो भने वडा नंः ४ का सचिव निलध्वज पाण्डे अाधारभुत बिधालय सेराबाङका प्र अ तिलक प्रसाद अाचार्य र विभिन्न संघ संस्थाका कर्मचारी विभिन्न समुहका र अायाेजनाकाे उपभोक्ता समितिकाे  पधादिकारिहरु विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियोे । सार्वजनिक सुनुवाइ कार्यक्रमकाे स्वागत मन्तब्य अाधारभुत बिधालय डालीबाङका प्र अ गंगाराम शर्माकाे रहेको थियो भने कार्यक्रमकाे संचालन वडा सचिव लजिम बुढाले गर्नु भएको थियो ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र