श्री लोक संस्कृति संरक्षण समाज नेपाल हुकामले गर्‍यो पहिरो जोखिमपूर्ण क्षेत्रमा वृक्षारोपण !





रबिना घर्ति मगर
रुकुम पूर्व
लोक संस्कृति समाज हुकामले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । अशोक घर्ती मगरको संयोजकत्वमा पूर्बी रुकुम पुथाउत्तरगंगा वडा न. ५ हुकाम ठुलो गाउँको तल पहिरो जाने जोखिम पलिँका अरटुँ भन्ने ठाँउमा रोपिएको हो । पहिलो परिक्षणको लागि २५ वोट पिपल रोपिएको छ भने परिक्षण सफल भएको खण्डमा अरु पिपल पनि रोप्न सकिने समाजका कोषाध्यक्ष सुर्य घर्ति मगरले बताउनु भयो । वृक्षरोपणमा गाउँलेहरू सहित समाजका सदस्यहरुको बाक्लो सहभागिता थियो ।
बि. स. २०६९ सालमा गठन गरिएको लोक संस्कृति समाज हुकामले समग्र हुकामको समृद्धि, बिकास, पिछडिएका जातजाति, मगर भाषा, संस्कृति तथा पहिचानलाई संरक्षण र प्रबर्द्धन गर्नमा बिशेष जोड दिंदै आएको छ । बिभिन्न राजनीति आस्थामा बिश्वास राख्ने सकृय युवाहरु सम्मिलित यो संस्था भने राजनीतिक आस्था भन्दा माथि नै छ । सामाजिक संस्थामा हरेक राजनीतिक आस्थाका व्यक्तिहरूको संगम हुनुपर्छ भन्ने सन्देश पनि दिलाएको छ ।


Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र