पुथा उत्तरगंगा गाउँपालिकाको पांच बुंदे निर्णय पारित




कर्मसहि घर्ती मगर
१७ फाल्गुन , रुकुम पूर्व

पुथा उत्तरगंगा गाउँपालिका कार्यालय रुकुम पूर्व , कोलमा बसेको कार्यपालिकाको बैठकले महत्वपूर्ण निर्णयहरु पारित गरेको छ । गाउँपालिका अध्यक्ष ओम प्रकाश घर्तीको अध्यक्षतामा बसेको उक्त बैठकले महत्वपूर्ण प्रस्तावनाहरु पारित गरेको कुरा गाउँपालिकाका प्रवक्ता भिम बहादुर मल्लले जानकारी दिएका छन् । लगातार तीन दिनसम्म चलेको बैठकमा विभिन्न शिर्षकमा छलफल भएको थियो ।

बैठकमा निम्न प्रस्तावना पारित  भएको थियो -

१. शिक्षा नियमावली २०७४ सम्बन्धमा
२. पदाधिकारी तथा कर्मचारीहरुको सेवा सुविधा सम्बन्धि  मापदण्ड २०७४
३. आर्थिक सहायता सम्बन्धि कार्यविधि २०७४
४. विपद व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन निर्देशिका ३०७४
५. पुथा उत्तरगंगा गाउँपालिका संहिता २०७४ ( ड्राफ्ट )

उपयुक्त बुँदाहरुमा व्यापक छलफल भएको थियो । सबै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले माथिका बुँदामा सहमतिअनुसार पारित गरिएको थियो ।

यहि बैठकले आ-आफ्ना वडाका कामकार्यको बारे वृहत् बहस गरेका थिए । सबैको एउटै माग थियो -' उपभोक्तावर्गलाई यो वा त्यो कारणले दु:ख नदिने तरिकाले कामकार्य गर्न ' कर्मचारीलाई सुझाब दिएका छन् । विगतका दिनमा टाढाबाट आएका उपभोक्तालाई स-साना काममा बाधा अड्चन गरिएको र धेरै झुलाईएको घटना सुन्नमा आएको थियो ।

प्रवक्ता भिम बहादुर मल्लले भने - अबका दिनमा उपभोक्ता वर्ग पनि सचेत हुनु पर्ने र कर्मचारीबाट आबश्यक सहयोग हुनेछ । यहि चैत्र मसान्तसम्ममा हरेक शिर्षकका काम सकिनै पर्नेछ । पछि कामकार्य भयो या भएन भनेर तुरुन्तै अनुगमन गर्ने पालिकाको निर्णय भएको छ '

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र