सेवाग्राहीलाई दु:ख दिएर काम दिलाई गरे कर्मचारी कार्वाहीमा पर्ने !





ओम कुमारी शाही । अहिलेको रुकुम पूर्व अवस्थित पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष । २०४० साल भाद्र २३ गतेका दिन आमा दिल कुमारी शाही र बुवा लक्ष्मण शाहीको काखमा अहिलेको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ८ चारगाउँ खराङमा उनको जन्म भएको थियो । २०७४ सालको आषाद १४ गते भएको निर्वाचनबाट नेकपा माओबादी केन्द्रको तर्फबाट पालिका उपाध्यक्षमा अत्यधिक मतले निर्वाचित भएकी हुन् ।

२०५९ सालमा पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ८ चारगाउँस्थित गराइ गाउँका पदम मल्लसँग विवाह बन्धनमा गाँसिएकी ओम कुमारी मल्लका दुई छोरा छन् । जनताको सेवा गर्न आफु यो पालिकामा प्रतिनिधित्व गरेको खुलाशा उनको छ । सानै उमेरदेखि बिद्यार्थी संगठनमा आबद्ध ओम कुमारी पछि पार्टी राजनीति मार्फत सक्रियता निर्वाह गरि अहिलेको यो अवस्थामा आएकी हुन् ।

१२ वर्षको कलिलो उमेरदेखि नै विद्यार्थी राजनीतिमा आबद्ध भएर संगठनमा क्रियाशील भएकी थिईन् । २०५२ सालदेखि विद्यार्थी इकाई समितिमा रहेर काम गरिन् । थोरै समयमा संगठनभित्र आफ्नो पहुँच स्थापित बनाएकी उनले २०५५ मा कक्षा ७ मा पछडेताका देखि नै ४ नं एरिया समिति कोषाध्यक्षमा रहेर विद्यार्थी राजनीतिमा होमिईन् । त्यसैताका विद्रोही पक्षलाई साथ दिएको भन्दै उतिबेलाको जाङ प्रहरी चाैकीले उनलाई छ महिना तारिख बोकाईयो । यसबाट कति पनि विचलित नभई उनी संगठनमा आबद्ध भएर झन् तिव्र गतिमा काम गर्दै रहिन् ।

२०५७ सालमा विद्यार्थीको जिल्ला सम्मेलनबाट उनी जिल्लाको सह-सचिवमा निर्वाचित भईन् । युद्धको चपेटामा परेको विद्यार्थी राजनीतिमा अविचलित रुपमा निरन्तर क्रियाशील तथा जुझारु भएर उनी लाग्दै रहिन् । देशमा प्रहरी प्रशासनले मात्र थेग्न नसकेपछि सेना परिचालित भयो । यहि क्रममा २०५९ साल आश्विन २३ गतेका दिन छ जना होनहार युवाहरुको हत्या भयो । यो घटनाले उनलाई निकै मर्माहत बनायो । जसको कारण उनीभित्रको विद्रोहभाव झन् चाैगुणा बढेर आयो । उनी पहिलेको भन्दा झन् संगठनमा भिज्दै गइन । पार्टी र संगठनलाई सशक्त बनाउन हमेशा खटिएकी उनी शान्ति प्रक्रिया पछि पनि लागि रहिन् ।

यहि बीचमा देशले निकै उतारचढाव बेहोरेको थियो । देशसँगै प्रत्येक जनताको जिवनमा फेरबदल भएको थियो । परिस्थिति अनुसार आफुलाई बदल्दै गएकी उपाध्यक्ष मल्ल जसरी हुन्छ जनताको सेवामा आफुलाई ढाल्दै गइन । परिणामस्वरूप २०७४ सालको स्थानीय चुनावमा उनलाई नेकपा माओबादी केन्द्रको तर्फबाट पालिका उपाध्यक्षमा टिकट पाईन् । निकै जटिल परिस्थितिमा रहेको जाङ चारगाउँ क्षेत्रमा कांग्रेसको पकड बलियो रहेता पनि उनको पक्षमा जनलहर प्राप्त हुन गएको थियो । जसको उदाहरणीय पक्ष स्थानीय चुनावमा सबैभन्दा बदि मत लिएर उनी विजयी भईन् ।

स्थानीय चिनावमा जितेर आफुलाई निकै जिम्मेवारी आईपरेको उनको खुलाशा छ । बेलैमा काम सम्पन्न गर्नु र गराउनु आफुले अन्तरात्मादेखि नै काम गर्ने प्रतिवद्धता व्यक्त गर्छिन् । उनले भने - 'अबका दिनमा कर्मचारीबाट जनतालाई दु:ख नदिने कार्यविधि तयार बनाउँछाैँ । उपभोक्ता वर्गबाट पैसा असुल्ने वातावरणको अन्त्य गर्न कडा कार्यविधि अबलम्वन गरिने छ । यदि अब उप्रान्त पनि जनतालाई यो वा त्यो बहानामा दु:ख दिने मनसायका काम भए भने उक्त कर्मचारीलाई तुरुन्त कार्वाही गरिनेछ ।'

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र