बीस बर्षे गुरुयोजना तयार पुथा उत्तरगंगामा
कर्मसहि घर्ती मगर बैशाख १५ , २०७५ शनिवार रुकुम - गत बैसाख १० गते उदघाटन गरिएको पाँच दिने गुरुयोजनाको हिजो बैसाख १४ गते समापन गरियो । लगातार पाँच दिनमासम्म चलेको उक्त बैठकले पुथा गाउँपालिकाका दूरगामी महत्वका योजनाहरुको तर्जुमा गरेको छ । १० बैसाखमा शुरु भएको गुरुयोजनाको उदघाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य कमला रोका , पूर्व मन्त्री गणेशमान पुन , प्रदेश सभा सदस्य तेज बहादुर ओली , पुिर्व सहायक मन्त्री केसरमान रोका , प्रजिअ भुपेन्द्र सापकोटा , डिएसपी प्रवीणलाल श्रेष्ठ , जिसस उपप्रमुख भिम कुमारी पुन , सप्र बल नितिक्षक ईश्वरी बहादुर पुन , जिसस महेन्द्र मल्ल , गुरु योजना निर्माण टोली संयोजक सोमत घिमिरे , गुरुयोजना निर्माण टोली सदस्य नारायण गिरी , टोप बहादुर ओली एमाले नेता , सतमान पुन रुकुम पूर्व संयोजक एमाले , ध्रुब पुन काँग्रेस , होम प्रकाश श्रेष्ठ , पुनीराज घर्ती पार्टी गापा अध्यक्ष माओबादी आदि , कार्यपालिका तथा अन्य बुद्धिजीवी लगायतको उपस्थिति थियो । व...