बीस बर्षे गुरुयोजना तयार पुथा उत्तरगंगामा






कर्मसहि घर्ती मगर  बैशाख १५, २०७५ शनिवार
रुकुम - गत बैसाख १० गते उदघाटन गरिएको पाँच दिने गुरुयोजनाको हिजो बैसाख १४ गते समापन गरियो लगातार पाँच दिनमासम्म चलेको उक्त बैठकले पुथा गाउँपालिकाका दूरगामी महत्वका योजनाहरुको तर्जुमा गरेको
१० बैसाखमा शुरु भएको गुरुयोजनाको उदघाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य कमला रोका , पूर्व मन्त्री गणेशमान पुन , प्रदेश सभा सदस्य तेज बहादुर ओली , पुिर्व सहायक मन्त्री केसरमान रोका , प्रजिअ भुपेन्द्र सापकोटा , डिएसपी प्रवीणलाल श्रेष्ठ , जिसस उपप्रमुख भिम कुमारी पुन , सप्र बल नितिक्षक ईश्वरी बहादुर पुन , जिसस महेन्द्र मल्ल , गुरु योजना निर्माण टोली संयोजक सोमत घिमिरे , गुरुयोजना निर्माण टोली सदस्य नारायण गिरी , टोप बहादुर ओली एमाले नेता , सतमान पुन रुकुम पूर्व संयोजक एमाले , ध्रुब पुन काँग्रेस , होम प्रकाश श्रेष्ठ , पुनीराज घर्ती पार्टी गापा अध्यक्ष माओबादी आदि , कार्यपालिका तथा अन्य बुद्धिजीवी लगायतको उपस्थिति थियो
विभिन्न शिर्षकमा पाँच दिन लगाएर छलफल गरे पश्चात गुरुयोजना तर्जुमा भएको वडा स्तरीय समूह बनाएर विभिन्न महत्वपूर्ण बिषयबस्तुमा व्यापक छलफल भएको थियो
हिजो १४ बैसाखमा कार्यक्रम समापन गरियो प्रतिनिधि सभा सदस्य कमला रोका , जिसस उपप्रमुख भिम कुमारी पुन , जिसस महेन्द्र मल्ल , गुरु योजना निर्माण टोली संयोजक सोमत घिमिरेसतमान पुन रुकुम पूर्व संयोजक एमाले , प्रकाश श्रेष्ठ , पुनीराज घर्ती पार्टी गापा अध्यक्ष , कार्यपालिका सदस्य जीतराम कामी , महिला आशा पुन , वाईसिएल जिल्ला संयोजक टीकाशाई घर्ती , वडा अध्यक्ष सुर बहादुर रोका ज्योतिमान गुरुङले समापन समारोहलाई सम्बोधन गरेका थिए शुरु देखि समापनसम्म सँगै बसेका प्रमुख अतिथि कमला रोका पनि उत्साहित थिईन् गुरुयोजनाको समापनलाई सम्बोधन गर्दै उनले भनिन् - " जनयुद्धको उद्गम थलो यो ठाउँमा संबिधानले निर्माण गरेको निर्देशानुसार के गर्दा , कसो गर्दा यो पालिकालाई , जनतालाई विकासको अग्रगतिमा लान सकिन्छ भन्ने कुराले नै यो गुरुयोजनाको तर्जुमा गरिएको हो यसले यहाँको बस्तुस्थितिमा आफ्नै खालको विकास निर्माण गर्नेछ हामी सबै आफ्नै भूगोल सुहाउँदो , माटो सुहाउँदो काम गर्न सक्षम हुनेछाैँ यो गुरुयोजनाले कृषि , शिक्षा , स्वास्थ्य  पर्यटन , संचार , यातायात तथा अन्य यावत कुरामा निकै फड्को मार्न सक्नेछाैँ
" इतिहासमा हामी सबैले एउटा नाम लेखाएका छाैँ स्थानीय सरकारको रोहबरमा हामीले गुरुयोजना आयोजना गरेको स्थानीय ग्रामीण स्तरबाट नै विकासको फड्को मार्न यो गुरुयोजनाले महत्वपूर्ण टेवा पुर्याउने सामाजिक सद्भाव भत्किनु हुँदैन विकास जहाँ भए नि कसैले दुखेसो नगराैँ बरु विकास सहि ठाउँमा हुनु पर्छ सहि रूपमा हुनु पर्छ "
जनताले पटक पटक उठाउँदै आएको कुरा , हामीले उत्पादन गरेको बस्तुको बजारिकरण भएन हामीले श्रमको मूल्य पाएनौं भन्ने जुन खालको कुराले हामीहरुको ध्यानाकर्षण गर्थ्यो अब यो गुरुयोजनाले ती समस्याको पनि निकासको बाटो खोलेको अब यो गाउँपालिकाका जनतामा गाउँपालिका , कार्यपालिका वडापालिकाले के गर्दैछ भन्नु भन्दा हामीले के गर्नु पर्छ ? हाम्रो दायित्व के हो भन्ने गम्भीरताबोध सबैमा हुनु पर्छ यो गाउँपालिकालाई समृद्धि विकासको पहुँचमा पुर्याउने अभिभारा तपाईं हामी सबैको भूमिकाको उत्तिकै महत्व जिम्मेवारी
अबका दिनमा हामी जागरुक हुनु सिर्जनात्मक हुनु प्रतिवद्ध हुनु अनि यो पालिकामा स्वाभाविक रूपमा विकासले फड्को मार्ने यो गुरुयोजनाले हामीलाई नयाँ दंगमा सोँच्न सिकाएको नयाँ तरिकाले कार्यसम्पादन गर्न सिकाएको हामीले यो गुरुयोजनाको मूल्य मान्यताको खुबै ख्याल राख्नु पर्नेछ यदि हामीले सहि दंगमा कार्यान्वयन गर्यौं भने विकास समृद्धि टाढाको कुरा पनि हैन "
जिसस उपप्रमुख भिम कुमारी पुनले समापन समारोहलाई सम्बोधन गर्दै भनिन् - " गुरुयोजना निर्माण भएको यसको उचित रूपमा कार्यसम्पादन हुनेछ यो गुरुयोजनामा प्रतिनिधि सभा , पर्देश सभा , गाउँपालिका वडा पालिका सबैले बीस बर्षमा विकासको चरम बिन्दुमा पुग्नेछ   "
गुरुयोजनामा अन्तिम घडिसम्म तर्जुमा गर्न बसेका सतमान पुनले भने - " इतिहासमा हामी सबैले एउटा नाम लेखाएका छाैँ स्थानीय सरकारको रोहबरमा हामीले गुरुयोजना आयोजना गरेको स्थानीय ग्रामीण स्तरबाट नै विकासको फड्को मार्न यो गुरुयोजनाले महत्वपूर्ण टेवा पुर्याउने सामाजिक सद्भाव भत्किनु हुँदैन विकास जहाँ भए नि कसैले दुखेसो नगराैँ बरु विकास सहि ठाउँमा हुनु पर्छ सहि रूपमा हुनु पर्छ "
माओबादी नेता होम प्रकाश श्रेष्ठले गुरुयोजना बनाएर आगामी दिनमा विकास समृद्धिमा जान सजिलो भएको बताए बल्ल जनताले आफ्नो योजना आफैले गर्न पाएको बताए यस्तै अर्का नेता पुनीराज घर्तीले गुरुयोजना विकासको आधारस्तम्भ रहेको बताएका छन् यो एउटा गाईडलाईनलाई मध्येनजर गरेर नै विकासको योजना तर्जुमा गरिने बताए
यस्तै उक्त समापन समारोहमा संघीय समाजबादीका  नेता सुरेन्द्र पुन , वाईसिएल जिल्ला संयोजक टीकाशाई घर्ती मगर , महिला नेतृ आशा पुन , अध्यक्ष द्वय सुर बहादुर रोका , ज्योतिमान गुरुङ , कार्यपालिका सदस्य जीतराम कामी लगाएतले गुरुयोजना निकै दूरगामी महत्वको रहेको बताएका छन्
योजनाको पहिलो मस्यौदा तयार भएर अध्ययनको लागि तयार भएको आगामी एक महिनाभित्र त्यसको परिमार्जित गरेर शुद्धाशुद्धी सच्याएर फाइनल गरिने बताइएको

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र