तल्लोसेरामा बन्ने एक मेघावाट क्षमताको बिजुलीमा शेयर खुल्ला





मैत्या घर्ती मगर
रुकुम पुर्ब २० चैत्र २०७४
 हिमाली जिल्ला पुथा उत्तरगंगा गााउँपालीकाको सानोभेरी उत्तरगंगा लघु जलबिद्युत निर्माण हुने भएको छ । साबिक तकसेरा गाविसको उत्तरगंगा नदीको किनार तल्लोसेराको घोराबाँमा सर्वे गरेर प्रकृयामा दौडेको झण्डै १० वर्ष पछि कामले निकास पाएको हो ।


सानोभेरी उत्तरगंगा लघु जलबिद्युत उपभोक्ता समिति तकसेरा रुकुमले आर्थिक बर्ष २०६५।०६६ मा १९८ किलोवातलाई ९९।९९ किलोवातको एउटै मेसिन बाट दुई वटा निर्माण गरेर संचालन गर्ने प्रस्ताब पारित भएको थियो । लगतै आर्थिक वर्ष २०६६।०६७ मा एशिएन बिकास बैँक र उर्जा बिकासको संयूक्त लगानीमा ५५० किलोवात प्रस्ताब गरेका थिए बिद्युत बिभागले ३४५ किलोवात मात्र स्विकृती दिएको थियो ।


यो योजना साबिकको तकसेरा गाबिसको लागी मात्र भनेर काम शुरुवात भएको थियो । जसले गर्दा काम दिलाई भएको जलबिद्युत उपभोक्ता समितिका अध्यक्ष महेन्द्र बुदा मगरले जानकारी दिनुभयो । बिद्युत निर्माण गर्न तकसेरालाई हम्मे हम्मे भए पछि पुथा उत्तरगंगा गाउँपालीकाले जिम्मा लिएर १४ वडाको सवामित्व रहने गरि १ करोड ५० लाख शेयर लगानी गरेरको गाउँपालीका अध्यक्ष ओमप्रकाश घर्ती मगरले जानकारी दिनु भयो । ६५ करोड ८६ लाख कुल बजेटमा एक मेगावाटको जलबिद्युत निमार्ण हुने भएको छ । कुल बजेटमा एशिएन बिकास बैँक र बैकल्पीक उर्जाको २८ करोड अनुदान रहेको छ । उपभोक्ता समितिबाट काम गर्दा शेयरमा समस्या भएपछि सानोभेरी उत्तरगंगा लघु जलबिद्युत उपभोक्ता समितिले रुकुमेली शहिद स्मृती ग्रामिण जलबिद्युत सहकारी संस्था लिमिटेडलाई सबै जिम्मेवारी सुम्पेको छ ।


 सहकारी संस्थाले सबै प्रकृयागत काम पुरा गरेर कुल बजेटको ३६ करोड ३६ लाखको शेयर खुल्ला गरेको कुरा सचिव बिषणु बुदा मगरले बताउनु भयो । प्रति कित्ता पाँच सय रुपिँयामा खरिद गर्न सकनेछन् । शेयर खरिदको लागी खरिदकर्ताले न्युन्तम १० कित्ता देखि १० हजार कित्ता सम्म खरिद गर्न सकनेछन् । शेयर खरिदकर्ताहरुले नेपाल राष्ट्र बैँक शाखा रुकुम पुर्बको खाता नं १८९००१०६४९८२६५०००००१ मा रकम जम्मा गरेर सोझै सहकारी संस्थाका अध्यक्ष महेन्द्र बुदा मगर ९८५१२३३१७७, सचिव बिष्णु बुदा मगर ९७४१३४८११४ र कोषाध्यक्ष कमाई घर्ती मगर ९८५१२३६५८२ लाई सम्पर्क गर्न सकिनेछ । दुक्कले शेयर गरेर लाभ लिन र बिदेशमा रहेकाहरुको शेयर प्रमाणपत्र घरको सम्बन्धीत मान्छेलाई बुझाईदिने कुरा बुदाले प्रस्त पार्नु भयो ।





 

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र