रुपन्देहीमा सुरक्षा व्यवस्थामा कडाइ गर्न गृह मन्त्री थापाको निर्देशन अपराधी र लागुऔषध कारोबारी निर्मुल पार्ने सरकारको योजना
पुनहरि बेल्बासे
रुपन्देही, बैशाख १४ ।
रुपन्देहीमा शान्ति सुरक्षामा खलबल पुगेको र रुपन्देहीका उद्योगी व्यवसायीले सुरक्षाको महशुस गर्न नसकेको भन्दै गृह मन्त्री रामबहादुर थापा बादलले सुरक्षा व्यवस्थालाई कडाइ गरी रुपन्देहीका जनताले सुरक्षाको महशुस हुने गरी सुुरक्षा व्यवस्था मिलाउन रुपन्देही प्रहरीलाई निर्देशन गर्नुभएको छ । आज भैरहवामा लुम्बिनी पे्रस क्लबले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा मन्त्री थापाले चोरी डकैति, लागुऔषध कारोबारी, अपराधी र राजश्व छलि जस्ताकार्य गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन निर्देशन गर्नुभएको हो ।
अपराधी र लागुऔषधको कारोबारी नेपालमा व्यापक मात्रामा फैलाएको र नियन्त्रणका लागि गृहमन्त्रालयले योजना बनाएर नै अगाडि बढेको बताउँदै देशको विकासलाई राजनैतिक स्थिरता आवश्यक पर्ने र त्यो अहिलेको सरकार ५ वर्षको लागि बनेको हुँदा शान्ति सुरक्षा र विकासले गति लिन्छ । देशभरका सुरक्षा निकायलाई राजश्व छली गर्ने, जिल्लामा शान्ति सुरक्षा खलबल पुर्याउने जस्ता गतिविधि गर्नेलाई तत्काल कानुनी दायारामा ल्याउन निर्देशन गरेको मन्त्री थापाले बताउनुभयो ।
रुपन्देहीमा धेरै अपराधका घटना भएको र चोरी निकासी, राजश्व छलि, लागुऔषध कारवार बेलहीया नाका अत्यधिक भएकोले सुरक्षा व्यवस्था र चेकजाँचमा कडाइ गर्न सुरक्षा निकायलाई मन्त्री थापाले निर्देशन गर्नुभएको हो ।

Comments
Post a Comment