रुकुम महोत्सव उद्घाटन दिउँसो १ बजे





रुकुम बैशाख २६
रुकुमपर्यटन तथा साँस्कृतिकमहोत्सवको उद्घाटन भोलीविहीबार दिउँसो १ बजे हुने भएको छ । रुकुमयातायातप्राली, युवा सञ्जाल रुकुम र ग्राण्डि इन्टरनेशनलहोलिडेजले सयुंक्त रुपमाआयोजना गरेको महोत्सवको उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको महोत्सवमुलआयोजक समितिकाअध्यक्ष केशव रावलले जानकारी दिनुभयो । ‘हामीले सबै तयारी सकेका छौं,’अध्यक्ष रावलले भन्नुभयो, ‘अबउद्घाटनको मात्रै कार्यक्रमबाँकी छ ।’महोत्सवउद्घाटनको दिनमहोत्सवको औपचारीकउद्घाटन तथाअन्यविविधकार्यक्रमहुनेछन् । महोत्सवमाविभिन्नकिसिमकाझाँकीप्रर्दशन, भूमे, मयुर नाँचलगायतकाप्रर्दशनगरिने छ । उद्घाटनको दिनमहोत्सव स्थलमानिःशुल्कप्रवेश पाउने व्यवस्थागरिएको छ । महोत्सवमा ६० हजार दर्शक आउने लक्ष राखिएको छ ।
महोत्सवपश्चात रुकुमको पर्यटकीय चिनारी भिडियो डकुमेन्ट्र निर्माण, पर्यटकीय पुस्तकचिनारी प्रकाशन गरी रुकुमको समग्र प्रचार प्रसारमा टेवापुर्याउने उद्देश्यपनिमहोत्सवले राखेको छ । ‘प्राकृतिक सुन्दरताहाम्रो सान, कमलताल र सिस्ने हाम्रो मान, साँस्कृतिकविविधताबीचएकताहाम्रो पहिचान’भन्ने नारा तय गरिएको छ । महोत्सवको अवधिमा एक लाख पुरस्कार राशिको खुलापुरुषभलिबल, ३० हजार पुरस्कार राशिको मयुर नाँचप्रतियोगिता, दशहजार पुरस्कार राशिको आमा समूहविशेष कलाप्रर्दशनी, दशहजार पुरस्कार राशिको भूम्यानाँचकलाप्रर्दशनी, दशहजार राशिको पैसेरु नाँच, दशहजार पुरस्कार राशिको सिंगारु नाँच, दशहजार पुरस्कार राशिको सोरठी नाँच र ३० हजार पुरस्कार राशिको रुकुम डान्स आइडल सञ्चालनहुनेछ । महोत्सवअवधिभर राष्ट्रि तथा स्थानीयकलाकारको प्रस्तुती रहने छ । उद्घाटनको दिनबाहेकअन्य सबै दिन राष्ट्रिय तथा स्थानीयकलाकारले प्रस्तुती देखाउनेछन् । महोत्सवको मुल उद्देश्य नै प्रचार प्रसार भएपछि जिल्लामाभएकानाँचहरुको प्रर्दशननगरेर नहुने भनाई मुलआयोजक समितिको छ ।
महोत्सव स्थलमाविभिन्न सामग्री सहितकाएक सय स्टल छन् भने महोत्सवअवधिभर उटको नाँच, विश्वकै होचीमहिला, अष्ट्रिच चरा हेर्न पाइने छ । यसको साथै दैनिकखेलनतथाअन्यमनोरञ्जनात्मककार्यक्रमपनिहुनेछन् । प्रतियोगितात्मककार्यक्रम र भलिवल खेल पनि दैनिक रुपमा सञ्चालनगर्ने तयारी गरिएको छ ।१२ दिन सम्म सञ्चालनहुने महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धन गरी विकासमा टेवा पु¥याउने लक्षको साथै जिल्लाको साँस्कृतिकचलन, भेषभुषा, नागानको प्रचार प्रसारको उद्देश्यपनि राखेको छ । यो महोत्सले रुकुम केहो भन्ने चिनोस् भन्ने उद्देश्य राखिएको छ, अध्यक्ष रावलले भन्नुभयो, हामीले जति सक्यो रुकुमको स्थानीय ब्राण्ड प्रर्दशन र विक्रीगर्ने उद्देश्य राखेका छौं । महोत्सव राखिएका स्टलबाट स्वास्थ्य, शिक्षा, पर्यटनसँग सम्बन्धितदेखि कृषि, पशु, सम्मकाआवश्यक सामग्रीपाइनेछन् ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र