कण्डम फुटेको रात
चिन्ता नगर कालीकी आमा
जे होला होला
हुर्किनदिउँ तिम्रो पेटको बच्चालाई !
अब फेरि एवार्सन गर्ने कुरा नगर
अब फेरि डिष्ट्रोयट गर्ने कुरा नगर
जन्मिनदिउँ तिम्रो पेटको बच्चालाई !!
किन सम्झिएर अशान्त पार्नु आफ्नै मनलाई
किन चुक्चुकाई बस्नु भन त ,
सम्झि सम्झि त्यो कण्डम फुटेको रातलाई !!!
जे होला होला
हुर्किनदिउँ तिम्रो पेटको बच्चालाई !
अब फेरि एवार्सन गर्ने कुरा नगर
अब फेरि डिष्ट्रोयट गर्ने कुरा नगर
जन्मिनदिउँ तिम्रो पेटको बच्चालाई !!
किन सम्झिएर अशान्त पार्नु आफ्नै मनलाई
किन चुक्चुकाई बस्नु भन त ,
सम्झि सम्झि त्यो कण्डम फुटेको रातलाई !!!
संगिनी सुई घोँच्दा घोँच्दा
शिथिल बनेको थियो तिम्रो शरीर
कमजोर बनेका थिए तिम्रा अवयवहरु
दुरुह बनेको त्यो तिम्रो मानसिकता
म हेर्न सकिनँ सत्य !
म हेर्न सकिनँ !
शिथिल बनेको थियो तिम्रो शरीर
कमजोर बनेका थिए तिम्रा अवयवहरु
दुरुह बनेको त्यो तिम्रो मानसिकता
म हेर्न सकिनँ सत्य !
म हेर्न सकिनँ !
एकदिन स्वास्थ्यकर्मीको सुझाबमा
भित्र्याएँ मैले
अस्थायी साधनको रूपमा कण्डम !
हामी यसैको प्रयोग गर्थ्याैँ हरदम
हामी खुसी थियाैँ झन् झन्
तर अपशोच छ मलाई
प्रयोग गर्न जानेनाैँ कि कसो ,
कसरी फुट्यो होला है कालीकी आमा ,
हामीले प्रयोग गरेको कण्डम !?
भित्र्याएँ मैले
अस्थायी साधनको रूपमा कण्डम !
हामी यसैको प्रयोग गर्थ्याैँ हरदम
हामी खुसी थियाैँ झन् झन्
तर अपशोच छ मलाई
प्रयोग गर्न जानेनाैँ कि कसो ,
कसरी फुट्यो होला है कालीकी आमा ,
हामीले प्रयोग गरेको कण्डम !?
बरु आफ्नो स्वास्थ्य ख्याल गर
हामीले सकुसल जन्माउनु छ छोरा या छोरी
यो धर्तीमा
बरु कसरी हुर्काउने प्रबन्ध मिलाउँ
यो बच्चोलाई
युग सुहाउँदो संस्कार दिऊँ
समयनुसार शिक्षा दिऊँ
तर घरिघरि मन नदुखाऊ उहीँ बातलाई
सम्झिएर
त्यो कण्डम फुटेको रातलाई !
हामीले सकुसल जन्माउनु छ छोरा या छोरी
यो धर्तीमा
बरु कसरी हुर्काउने प्रबन्ध मिलाउँ
यो बच्चोलाई
युग सुहाउँदो संस्कार दिऊँ
समयनुसार शिक्षा दिऊँ
तर घरिघरि मन नदुखाऊ उहीँ बातलाई
सम्झिएर
त्यो कण्डम फुटेको रातलाई !
यदि छोरी जन्मियो भने
त्यसलाई न्यानो सत्कार दिऊँ
मीठो ममता दिऊँ
गतिलो शिक्षा दिऊँ
ताकि ऊ भविष्यमा
मदर टेरेसा हुन सकोस्
प्लोरेन्स नाइटिङ्गेल बनोस्
पारिजात बनोस्
अथवा समयानुसार केही बनोस्
त्यसलाई न्यानो सत्कार दिऊँ
मीठो ममता दिऊँ
गतिलो शिक्षा दिऊँ
ताकि ऊ भविष्यमा
मदर टेरेसा हुन सकोस्
प्लोरेन्स नाइटिङ्गेल बनोस्
पारिजात बनोस्
अथवा समयानुसार केही बनोस्
यदि छोरो जन्मियो भने
त्यसलाई न्यानो सत्कार दिऊँ
मीठो ममता दिऊँ
गतिलो शिक्षा दिऊँ
ताकि ऊ भोली गएर
आइन्स्टाइन बनोस्
बुद्ध बनोस्
अथवा उसको चेतनानुसार बनोस्
त्यसलाई न्यानो सत्कार दिऊँ
मीठो ममता दिऊँ
गतिलो शिक्षा दिऊँ
ताकि ऊ भोली गएर
आइन्स्टाइन बनोस्
बुद्ध बनोस्
अथवा उसको चेतनानुसार बनोस्
छोरा या छोरीको भेद नगराैँ
बरु उसलाई बिग्रिनबाट जोगाउँला
उसलाई कुसँगतमा खबरदारी गराैँला
ताकि
हाम्री छोरी दुनियाँले थुक्ने नहोस्
दुनियाँका प्यासी नजरले चुट्ने नहोस्
हाम्रो छोरो दुनियालाई थग्ने नहोस्
दुनियाँलाई लुट्ने नहोस्
त्यसैले
हामीले मीठो संस्कार दिऊँ
ताकि
ऊ भविष्यमा चरी नहोस्
घैँटे नहोस्
मनोज नहोस्
र हाम्रै आँखाको डिलमा
इन्काउन्टरको नाममा बीभत्स तरीकाले नमारियोस्
बरु उसलाई बिग्रिनबाट जोगाउँला
उसलाई कुसँगतमा खबरदारी गराैँला
ताकि
हाम्री छोरी दुनियाँले थुक्ने नहोस्
दुनियाँका प्यासी नजरले चुट्ने नहोस्
हाम्रो छोरो दुनियालाई थग्ने नहोस्
दुनियाँलाई लुट्ने नहोस्
त्यसैले
हामीले मीठो संस्कार दिऊँ
ताकि
ऊ भविष्यमा चरी नहोस्
घैँटे नहोस्
मनोज नहोस्
र हाम्रै आँखाको डिलमा
इन्काउन्टरको नाममा बीभत्स तरीकाले नमारियोस्
अब सहजपनमा बच्चा जन्माउन
तिमी राजी हुनु पर्छ
हाम्रो अर्थले भ्याउँदैन भनेर पीर नगर
यो बच्चाले गर्दा तिमी चिन्तामा नपर
जे होला होला
हुर्किनदिउँ तिम्रो पेटको बच्चालाई !
अब फेरि एवार्सन गर्ने कुरा नगर
अब फेरि डिष्ट्रोयट गर्ने कुरा नगर
जन्मिनदिउँ तिम्रो पेटको बच्चालाई !!
किन सम्झिएर अशान्त पार्नु आफ्नै मनलाई
किन चुक्चुकाई बस्नु भन त ,
सम्झि सम्झि त्यो कण्डम फुटेको रातलाई !!!
तिमी राजी हुनु पर्छ
हाम्रो अर्थले भ्याउँदैन भनेर पीर नगर
यो बच्चाले गर्दा तिमी चिन्तामा नपर
जे होला होला
हुर्किनदिउँ तिम्रो पेटको बच्चालाई !
अब फेरि एवार्सन गर्ने कुरा नगर
अब फेरि डिष्ट्रोयट गर्ने कुरा नगर
जन्मिनदिउँ तिम्रो पेटको बच्चालाई !!
किन सम्झिएर अशान्त पार्नु आफ्नै मनलाई
किन चुक्चुकाई बस्नु भन त ,
सम्झि सम्झि त्यो कण्डम फुटेको रातलाई !!!

Comments
Post a Comment