तकसेराको मरिचमान बुढामगरको अमेरिकामा दुखद निदन
१९ बैशाख २०७५, बुधबार
बाल्टिमोर (अमेरिका)– अमेरिकामा रुकुमेली युवाको दुखद निधन भएको छ ।
करिब ८ बर्ष अघि अमेरिका पुगेका रुकुम तकसेराका २८ बर्षिय मरिचमान बुढामगरको अमेरिका बाल्टिमोरको युनिभर्सीटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचारको क्रममा निधन भएको छ।
मुटु तथा मृगौलामा देखिएको समस्याका कारण केही महिनादेखी अस्पताल भर्ना भएका बुढामगरको गत आइतबार बिहान निधन भएको मृतकका मामा चन्द्र बुढामगरले जानकारी दिनुभयो । मृतक बुढा मगरकी श्रीमती तथा बुवाआमा र भाई हाल दाङ तुलसीपुरमा बस्दै आएका छन् ।
मृतक बुढामगरको शव सोही अस्पतालमै रहेको छ र अमेरिकामै अन्तिम संस्कार गर्ने तयारी भइरहेको बताइएको छ । २८ बर्षको कलिलो उमैरमै मरिचमानको निधन भएपछि नेपालको तुलसीपुरको घरमा श्रीमती तथा बुवा आमा बिक्षिप्त बनेका छन् ।
केही महिना अघि मात्रै मेक्सिको हुंदै अमेरिका आएका मृतकका भाइलाई अमेरिकाको अध्यागमनले एक बर्ष भन्दा बढि जेलमा राखेर नेपाल डिपोर्ट गरेपछि आर्थिक अवस्था समेत कमजोर बनेको बताइएको छ ।
सहयोग गर्न तलको लिंकमा जानुहोस
https://www.gofundme.com/unexpected-death-of-friend

Comments
Post a Comment