रामाझिमा थानमा हिउँमा पुजा (फोतो फिचर)




मैत्या घर्ती मगर
रुकुम पुर्ब २० बैशाख २०७५
हिमाली जिल्ला पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालीका साविकको तकसेराको रामाझिमा थानमा हिउँ छिचोलेर बली चदाईएको छ । समुद्री सतह बात ४ हजार मिटर उचाइमा अबस्थित रामाझिमा थानमा बैशाखे पुर्णिमाको अबसर पारेर तकसेराको श्रीप्रसाद बुदा मगरले भेडा पाठोको पुजा गरेका हुन् । बुवा आमा र भेना (भान्जा) सहित गएर पुजा गर्नु भएको थियो । पुरै लेकाली भुभागमा पर्ने रामाझिमा वर्षा याममा वस्तुभाउको चरण क्षेत्र र हिउँदमा हिउँले धप्पकै दाकेको हुन्छ ।


यहाँ रहेको बराहा थानमा पुजा गरेमा मनोआकांक्षा पुरा हुने जनबिस्वास रहेको छ । हरेक वर्ष जनैपुर्णिमाको दिन ठुलो मेला लाग्नुका साथै पुजापाठ गरिन्छ । रोल्पा जलजलाको देवता र रामाझिमाको देवता दुई भाई हुन् भन्ने कुरा बुदापाकहरुको कथन छ । अहिले सम्म तकसेराका मानिसहरुले एक वर्ष रामाझिमामा रामा र एक वर्ष जलजलामा गामा बराहाको नाममा बलि चदाउँछन् । पर्यकिय गन्तब्यको संभावना भोकेको रामाझिमा बुकिपातनमा जाने हैन त







Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र