महोत्सवको तयारी अन्तिम चरणमा







रुकुम, २४ बैशाख
बैशाख २७ देखि जेठ ७ गते सम्म मुसीकोट नगरपालिका–१, मा हुने रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव स्थलमा स्टल निर्माणदेखि अतिथि बोलाउने, कार्यक्रम तय गर्ने लगायतका काम भैसकेका छन् । हाल महोतसव मुल समारोह समिति महोत्सवको प्रचार प्रसारमा केन्द्रीत भएको छ । महोत्सव अवधिभर ६० दर्शक भित्र्याउन तयारीका साथ प्रचार प्रसारलाई घनिभुत बनाइएको मुल आयोजक समितिका अध्यक्ष केशव रावलले बताउनुभयो । अध्यक्ष रावलका अनुसार जिल्ला भित्र, छिमेकी जिल्ला र अन्य जिल्लामा पनि प्रचार प्रसार जारी छ ।


१२ दिन सम्म सञ्चालन हुने महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धन गरी विकासमा टेवा पु¥याउने लक्षको साथै जिल्लाको साँस्कृतिक चलन, भेषभुषा, नागानको प्रचार प्रसारको उद्देश्य पनि राखेको छ । यो महोत्सले रुकुम केहो भन्ने चिनोस् भन्ने उद्देश्य राखिएको छ, अध्यक्ष रावलले भन्नुभयो, हामीले जति सक्यो रुकुमको स्थानीय ब्राण्ड प्रर्दशन र विक्री गर्ने उद्देश्य राखेका छौं । महोत्सव स्थलमा सबै किसिमका गरी एक सय वटा स्टल तयार भैसकेका छन् । महोत्सव राखिएका स्टलबाट स्वास्थ्य, शिक्षा, पर्यटनसँग सम्बन्धितदेखि कृषि, पशु, सम्मका आवश्यक सामग्री पाइनेछन् ।


महोत्सवको उद्घाटनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन आउने कार्यक्रम तय गरिएको छ । त्यसका साथै कर्णाली प्रदेशका मुख्य मन्त्री, जिल्लाका सांसद लगायतको पनि महोत्सव उद्घाटनमा सहभागिता रहने छ । महोत्सवपश्चात रुकुमको पर्यटकीय चिनारी भिडियो डकुमेन्ट्र निर्माण, पर्यटकीय पुस्तक चिनारी प्रकाशन गरी रुकुमको समग्र प्रचार प्रसारमा टेवा पुर्याउने उद्देश्य पनि महोत्सवले राखेको छ ।


 ‘प्राकृतिक सुन्दरता हाम्रो सान, कमल ताल र सिस्ने हाम्रो मान, साँस्कृतिक विविधता बीच एकता हाम्रो पहिचान’ भन्ने नारा तय गरिएको छ । महोत्सवको अवधिमा एक लाख पुरस्कार राशिको खुला पुरुष भलिबल, ३० हजार पुरस्कार राशिको मयुर नाँच प्रतियोगिता, दश हजार पुरस्कार राशिको आमा समूह विशेष कला प्रर्दशनी, दश हजार पुरस्कार राशिको भूम्या नाँच कला प्रर्दशनी, दश हजार राशिको पैसेरु नाँच, दश हजार पुरस्कार राशिको सिंगारु नाँच, दश हजार पुरस्कार राशिको सोरठी नाँच र ३० हजार पुरस्कार राशिको रुकुम डान्स आइडल सञ्चालन हुनेछ । महोत्सवको मुल उद्देश्य नै प्रचार प्रसार भएपछि जिल्लामा भएका नाँचहरुको प्रर्दशन नगरेर नहुने भनाई मुल आयोजक समितिको छ ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र