५ न.प्रदेशको लोगो सार्बजनिक






२३ वैशाख, बुटवल  

प्रदेश का सांसदहरुको पहिचान दिने लोगो निर्माण भएको
लोगो बनाउनका लागि ०७४ फागुन २४ गते मिडियामार्फत रुपमा नमूना आव्हान गरिएकोमा १२ जनाले सहभागिता जनाएका थिए
सोमबार एक कार्यक्रम गरी लोगो, पुस्तक, बेवसाइट सार्बजनिक गरिने भने लोगो निर्माणकर्ता जनालाई सम्मान गरिने
कार्यक्रममा सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी चौधरी, आन्तरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसी तथा अन्य मन्त्रीहरुको उपस्थिती रहने प्रदेशसभा सचिवालयले जनाएको
प्रदेशसभा सचिवालय अनुसार सहभागिता जनाएका १२ जना मध्येबाट दाङको तुलसीपुर उपमहानगरपालिका- का खगेश्वर भण्डारीले प्रदेशसभा सदस्यका लागि निर्माण गरेको लोगो छनौट गरिएको भण्डारी प्रथम भएका छन् उनलाई सोमबार एक समारोहका बीच नगद २५ हजारले पुरस्कृत गरिने
लोगो पुथा हिमाल,गौतमबुद्ध जन्मस्थल लुम्बिनी, धान जौका बाला तथा लैङगिक समानता झल्किने गरी तयार पारिएको
त्यस्तै प्रदेशसभा सचिवालयका कर्मचारीका लागि रुपन्देही तिलोत्तमा- मंगलापुरका सुधिर अर्याल द्वितीय भएका छन् उनलाई नगद १५ हजार प्रदान गरिने
त्यस्तै प्रदेशसभा को आधिकारीक बेवसाइट www.pradeshsabha.p5.gov.np को पनि सोमबार सार्बजनिक गरिने तय भएको संसद सचिबालयका सचिब डा. मानबहादुर बिकले अनलाइनखबरलाइ बताए
त्यस्तै गरी प्रदेशसभा संचालनका तथा ब्यबस्थापनका लागि प्रदेशसभाबाट सर्बसम्मतिले पारित भएको प्रदेशसभा नियमावली २०७४ सहित प्रदेशसभाका विवध बिषय समेटिएको पुस्तक पनि सार्बजनिक गरिने भएको
अनलाइनखबरबाट साभार


Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र