हुकाममा एउटै विद्यालय दुई ठाउँमा संचालनमा समस्या
अशोक घर्ति मगर
हुकाम,२६ बैशाख
पहिले एउटा ठाउँबाटै संचालन भएको विद्यालय सिङ्गो हुकाम गाविसका बासिन्दालाई सहज र सजिलो होस् भन्नका लागि कक्षा शिशु देखि पाँच सम्म पहिलेको यथास्तानमै र कक्षा ६ देखि १० सम्म हुकामको रिसलामा सारेर संचालन हुन गएको थियो। विद्यालयको नाम एउटै तर दुई ठाउँमा संचालन हुँदा जनतालाई सहज विव्यस र शिक्षक शिक्षिकालाई प्रशासनको व्यवस्थापन गर्न ठूलो चुनौती परेको छ।
साथै प्रहरी चौकीको जग्गा भएको ठाउँमा विद्यालय रहदा प्रहरी चौकी हुकामले पटकपटक विद्यालयलाई अन्तै सार्ने सुझाब दिदै आयको थियो ।
आफ्नै जग्गामा बस्दा कुनै भाडा लाग्दैनथ्यो अहिले घर भाडा तिरेर बस्नुपर्ने बाध्य भएका छौँ भन्ने प्रहरी चौकी हुकामको गुनासो रहँदै आएको थियो। अहिले प्रावि भवनमा २०७३ चैत महिना बात प्रहरी चौकी हुकामको पोस्ट सरि सकेको छ।
यस्तै समस्याहरुले गर्दा विद्यालयको प्रशासन देखि हरेक कुरामा सहज र मर्यादित होस भन्ने हेतुले दुई ठाउँमा संचालन भएको विद्यालय एकै ठाउँमा संचालन हुने भएको हो। विद्यालय तत्कालीन नयाँ शैक्षिकसत्र २०७४ साल बैशाख बाट रिसलाको मावि भएको ठाउँमा बाट संचालन गर्न खोजिएको थियो।
तर ब्यबहारिक्ता हेर्दा ठूलो गाउँ देखि रिसला मावि संचालन भइरहेको ठाउँ सम्मको दूरी ४/५ सय मिटर टाढा छ। साना प्रावि स्तरमा पढ्ने बालबालिकालाई त्यस मावि भएको स्थान सम्ममा पुग्न असहज त्यो मात्र नभई विद्यालय जाने बेला दुईवटा खोला पार गरेर जानू पर्ने खोला तर्नको लागि कुनै पनि काठ वा फलामे पुलको व्यवस्था छैन बर्षा याममा खोला बढ्ने समस्याले बालबालिकालाई झन बढी समस्या देखिएको हो।
त्यसैले हरेक ब्यबहारिक नमिले पछि लगत्तै यश समस्यालाई मुल एजेन्डा बनाएर श्री लोक संस्कृत संरक्षण समाज नेपाल हुकामको पहल कदमीमा गाउँका बुद्धिजीवी,महिला,शिक्षक र केही अभिभावकहरुको २०७४ बैशाख २३ गते शनिबारको दिन बैठक बोलाएको थियो। बैठकमा यो एजेन्डालाई सबैले मुल एजेन्डा बनार छलफल गरेका थिए ।बैठकले हुकामको प्राविको तत्कालीन समस्यालाई समाधान गर्न पहिलेको पुरानो विद्यालयको भएको ठाउँमा र गाविस भवन भएको भवनमा बाँकी थप कोठा थपेर पढाइ संचालन गर्ने र रिसलाको विद्यालय यथास्थान बाटै संचालन हुने भनी सर्वसम्मतले निर्णय गरेका छन्। यो कुराले हुकाम ठूलो गाउँका सर्म्पूर्ण बासिन्दाहरु हर्षित भए तर श्री लोक संस्कृति संरक्षण समाज नेपाल हुकामको त्यो निर्णय स्कुल व्यवस्थापन समिति र शिक्षकहरूले मानिरहेका थिएनन् रिसल्लामा नै सञ्चालन भयो र एक वर्ष बितिसक्दा फेरि सोही स्कुल ठुलो गाउँको पूर्व "हारप्या" भन्ने ठाँउमा निर्माण हुन लागेको छ यो कामले जनताहरूले सास्ती
व्यहोर्नुपर्ने स्थिति आएको छ। यो कुरा सम्झिदा हाँसो र आँसु दुबै को कोलाहल मचिन्छ। नेताकार्यकर्ता को अप्रिपक्कवता देखेर आँसुको खोलाहल यसरी मचिन्छ स्कुल फेरि अर्कै ठाउमा बन्न लाग्दा जनताले दोहोरो जनश्रमदान गर्दाको पिडा देख्दा मन कत्तक खान्छ ।



Comments
Post a Comment