दुई तिहाई मत लिएर पुथा उत्तरगंगा गाउँपालीकाको केन्द्र तकसेरा
दुई तिहाई मत लिएर पुथा उत्तरगंगा गाउँपालीकाको केन्द्र तकसेरा मैत्या घर्तीमगर रुकुम पुर्ब २०७५।०४।१० पुथा उत्तरगंगा गाउँपालीकामा आझ मतदान लगतै केन्द्र घोषना भयो । हिमाली जिल्ला रुकुम पुर्ब पुथा उत्तरगंगा गाउँपालीकाको केन्द्रको लागी यस भन्दा पहिलेको पतक पतकको बिबादलाई निकास दिन गरिएको मतदान द्धारा दुई तिहाई मत लिएर पालीकाको केन्द्र तकसेरा घोषना भएको छ । स्थानीय प्रतिनिधीहरुको लामो बहस र छलफल पछि बिबाद तुङ्गिएको हो । गत ६ गते देखिको गहन बिबाद लाई अहिले बल्ल निकास दिएका छन् । यो भन्दा पहिले तकसेराले तकसेरामा बनाउन लामो आन्दोलन गरेको थियो भने राज्य बात अस्थाई अफिस कोलमा संचालन गरिएको थियो । पहिले कोल र तकसेराले मात्र केन्द्र दाबी गर्दै आएका थिए समस्या समादान हुने छाँतकाँत नदेखिए पछि हुकाम,मैकोतका ७ वटा वडाले सबैलाई मान्य हुन गरघातमा दाबी गरे पछि सबैको सहमतिमा २०७४ सालको चैत्र ११ गते १३ न. वडाको बिर्गुममा राख्न सहमती गरेका थिए । फाईल बेलैमा स्थानीय मन्त्रालयमा पुराउन प्रमुख प्रशासकिय अधिकृत तिलक रावतको गडबदीका कारण सफल भएको थिएन । पुन यसपाली दुई तिहाई प्रणालीमा गएर मतदान गरिएको थियो । स...