दुई तिहाई मत लिएर पुथा उत्तरगंगा गाउँपालीकाको केन्द्र तकसेरा




दुई तिहाई मत लिएर पुथा उत्तरगंगा गाउँपालीकाको केन्द्र तकसेरा
 मैत्या घर्तीमगर
रुकुम पुर्ब २०७५।०४।१०
पुथा उत्तरगंगा गाउँपालीकामा आझ मतदान लगतै केन्द्र घोषना भयो । हिमाली जिल्ला रुकुम पुर्ब पुथा उत्तरगंगा गाउँपालीकाको केन्द्रको लागी यस भन्दा पहिलेको पतक पतकको बिबादलाई निकास दिन गरिएको मतदान द्धारा दुई तिहाई मत लिएर पालीकाको केन्द्र तकसेरा घोषना भएको छ । स्थानीय प्रतिनिधीहरुको लामो बहस र छलफल पछि बिबाद तुङ्गिएको हो । गत ६ गते देखिको गहन बिबाद लाई अहिले बल्ल निकास दिएका छन् । यो भन्दा पहिले तकसेराले तकसेरामा बनाउन लामो आन्दोलन गरेको थियो भने राज्य बात अस्थाई अफिस कोलमा संचालन गरिएको थियो । पहिले कोल र तकसेराले मात्र केन्द्र दाबी गर्दै आएका थिए समस्या समादान हुने छाँतकाँत नदेखिए पछि हुकाम,मैकोतका ७ वटा वडाले सबैलाई मान्य हुन गरघातमा दाबी गरे पछि सबैको सहमतिमा २०७४ सालको चैत्र ११ गते १३ न. वडाको बिर्गुममा राख्न सहमती गरेका थिए । फाईल बेलैमा स्थानीय मन्त्रालयमा पुराउन प्रमुख प्रशासकिय अधिकृत तिलक रावतको गडबदीका कारण सफल भएको थिएन । पुन यसपाली दुई तिहाई प्रणालीमा गएर मतदान गरिएको थियो । सुरक्षालाई ध्यानमा राखी राती ९ बजे बाट निर्बाचन आचार संहितामा रहेर मानिस चहलपहलमा कम गरिएको थियो । १४ वडाका ७३ जना जनप्रतिनिधिमा ६९ जनाले मतदान गरेको गाउँपालीका अध्यक्ष ओमप्रकाश घर्तीमगरले बताउनु भयो । एक जना सदस्यको मृत्यु भएको र बाँकी सदस्यहरु जिल्ला समन्वय समिति सदस्यमा रहनु भएका छन् । कोल र तकसेरा बिच भएको मतदानमा तकसेराले दुई तिहाई मत लिएको छ । गाउँ कार्यपालीकाको निर्णय प्रदेश हुँदै संघियमामिला मन्त्रालयमा पुगेर राजपत्रमा प्रकाशित भएपछि आधिकारिक घोषना हुने प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र बुदाथोकीले जानकारी दिनुभयो ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र