२०७५ भदौ १4 गते Photo Credit : एजेन्सी नेपालमा हालै लागू भएको नयाँ ऐनले भिख माग्नेलाई समेत सजायको व्यवस्था गरेपछि सरकारको विरोध गरिरहेकाहरुलाई ‘के खाउँ कनिका बुकाउँ’ भनेझैँ नयाँ निहुँ प्राप्त भयो । सरकारको खिसिट्यूरी खुबै गरियो । तर यो भिख माग्ने कामलाई नेपालले मात्र होइन, यसअघि नै दुनियाँका धेरै देशले अपराधको श्रेणीमा राखेर कडा सजायको व्यवस्था अख्तियार गरिरहेका छन् । विश्वका केही देशमा भिख माग्ने सम्बन्धमा रहेका कानून यस्ता छन्ः चीनः चीनमा भिख माग्ने तथा माग्न लगाउने मानिसलाई १० देखि १५ दिनसम्म जेलमा राखिन्छ । अष्ट्रेलियाः अष्ट्रेलियाका राज्य अनुसार भिख माग्ने सम्बन्धी फरक फरक व्यवस्था छन् । दक्षिण अष्ट्रेलियामा भिख माग्नेलाई अढाई सय अमेरिकी डलर बराबरको रकम जरिवाना तिर्न लगाइन्छ । बेलायतः बेलायतमा सन् १८२४ मै भिख माग्न नपाइने कानून बनेको थियो । सार्वजनिक स्थानमा जथाभावी सुत्ने तथा भिख माग्ने गरेको पाइएमा गैरकानूनी ठहर गरी कारवाही गरिन्छ । डेनमार्कः डेनमार्कमा भिख माग्नु स्थानीय दण्ड संहिताको धारा १९७ का अनुसार गैरकानूनी हुन्छ । त्यसरी भिख माग्नेलाई ६ महिनासम्मको जेल सजाय हुन्छ । फ्रान...
मैत्या घर्ती मगर पुर्वी रुकुम तथा आसपासका खाम भाषी क्षेत्रहरुमा प्रचलित रहेको परम्परागत प्रख्यात नाच हो दिकरे । नयाँ वर्षको शुरुवात सँगै औपचारिक रुपमा वैशाख १ बाट बैशागे पुन्नि सम्म मगर बस्तिहरुमा प्रत्येक साँझ चोक चौतारामा नाच्ने गर्छन् । समुहमा नाचिने दिकरे घुर (अगुवा) को चाल तथा तालमा हरेक चाला नाच्ने गरिन्छ । गुरु मान राख्दै शुरुवात गरिने दिकरे नाच अनत्य पनि गुरु मान राख्दै हुन्छ । शास्त्रीय विधी विधान अनुरुप नाचिने दिकरे नाच ८ चालामा नाचिन्छ । संस्कृती हस्तान्तरणमा समस्याको कारण सबै चाला नाच्ने र बाजा बजाउन जान्ने घुरुको अभाब हुन गई यो नाच केहि चालामा सिमित हुँदै आएको छ । दिकरे नाचको समयमै संरक्षण र संवर्धन गर्न नसके लोप हुने अवस्थामा रहेको छ ।
Comments
Post a Comment