कर्णालीका मुख्यमन्त्री द्वारा भवनको शिलान्यास


कर्णााली प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाइ श्रमदिनका रूपमा घोषणा गरेवमोजिम आज सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ५ स्थित सरस्वती टोलमा वाल विकास केन्द्रको निर्माणा कार्य शुरू गरिएको छ ।

श्रमदिनका अवसरमा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सरस्वती वालविकास केन्द्रको १ कोठे भवनको शिल्यान्यास गर्नुभएको हो ।

२०७० सालको वाढीले वाल विकास केन्द्रको भवन सहित उक्त टोलका सवै घर पुर्णारूपमा वगाएको थियो । केही समय अघि पुनर्स्थापित उक्त टोलमा वजेट अभावका कारण वालविकास केन्द्रको भवन वन्न सकिरहेको थिएन ।

वालविकास केन्द्रको भवन निर्माणसंगै तटवन्ध निर्माणा कार्यको पनि शुरूवात गरिएको छ । श्रमदिनका अवसरमा मुख्यमन्त्री शाहीको नेतृत्वमा कर्णाली प्रदेश सरकारका विषयगत मन्त्रालयका मन्त्री, सचिव, सुरक्षा निकाय तथा कर्मचारीहरूले श्रमदान गरेका छन ।

मुख्यमन्त्री शाहीले वाढीपीडीत समुदायको पीडालाइ प्रदेश सरकारले राम्रोसंग महशुस गरेको स्थायी समाधानका लागि आवश्यक पहल अगाडि वढाइसकेको पनि स्थानीय समुदायलाइ जानकारी दिनुभएको छ । सिस्ने अन्लाईन बाट साभार

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र