टेबुलै पिच्छे घुस खान्छन्ः मन्त्रालयका सचिवहरु घुस्याहा हुन् प्रचण्ड
१४ भदौ २०७५
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सचिवहरु ठेकेदारसँग सेटिङमा हुने गरेको बताएका छन् । उनले सचिवहरुले आफूले भनेको नटेरेको बताउँदै भने, “मानेनन् सचिवहरुले ।
ठेकदारसँग सेट मिलाएको हुँदोरहेछ । हुन्छ हजुर, हुन्छ हजुर भन्ने तर, गर्ने बेलामा पुरानो नै गर्छन्” दाहालले भने । उनले आफू प्रधानमन्त्री हुँदा सिण्डिकेट तोड्न खोजेको तर मन्त्रालयका सचिवकै कारण सफल नभएको समेत बताए । उनले ठेकेदारसँग मिलेपछि कर्मचारीलाई दूतभात आउने समेत बताए ।
बुधबार गृहजिल्ला चितवनमा आयोजित कार्यक्रममा दाहालले ठूला ठेकदारहरुको सिन्डिकेट तोड्ने घोषणा गरेका छन् । भरतपुरमा आयोजित निर्माण व्यवसायी संघ चितवनको २५ औं वाषिर्क साधारणसभालाई सम्बोधन गर्दै आफूले सचिवहरुलाई ठेक्का पार्ट पार्ट गरेर दिनुस् भनेको तर सफल हुन नसकेको बताए । उनले सरकारी संयन्त्रहरुमा पाइलै पिच्छे बेथिती रहेको बताए ।
सम्बोधनकै क्रममा दाहालले ठेकेदारको पक्षमा बोल्दै व्यवसाय गर्नेहरु ठग हुन् यिनीलाई जसरी हुन्छ कस्नुपर्छ भन्ने नेता र कर्मचारी टेबलै पिच्छे घुस खोज्ने गरेको बताए ।अन्लाईन डबली बाट साभार गरिएको ।
Comments
Post a Comment