१८ बुँदे घोषणापत्रसँगै बिमस्टेक सम्मेलन सकियो ।

  Aug 31, 2018

काठमाडौँ, १५ भदौ : हिजोदेखि सुरु बिमस्टेकको चौथो शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन सम्पन्न भएसँगै नेपालले श्रीलङ्कालाई अध्यक्षता हस्तान्तरण गरेको छ।

घोषणापत्रमा बिमस्टेकको सचिवालयको भूमिका बढाउने उल्लेख छ। सचिवालयलाई विभिन्न कार्यक्रम कार्यान्वयन गर्न सकिने बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकरी दिए। त्यस्तै बिमस्टेकको चार्टर निर्माण तथा कानुनी संरचना तयार गर्नका लागि स्थायी समिति बनाउने पनि घोषणापत्रमा उल्लेख छ।

 

सम्मेलनको समापन घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको उपस्थिति यसको प्रगति र क्षमताले देखिने बताए। उनले आफ्नो क्षमता अनुसार नेपालले सम्मेलन आयोजना गरेको भन्दै सरकार र राष्ट्रप्रमुखलाई ‘साइट सिइङ’ गराउन नसकेकोमा दुःख व्यक्त गरे।

 

बिमस्टेकको रिट्रिट गोकर्ण रिसोर्टमा गर्ने तय भएको थियो । तर, खराब सडकका कारण अन्तिम समयमा रोकिएको थियो । नेपालले सम्मेलनस्थल होटल सोल्टीमा नै रिट्रिट कार्यक्रम गरेको थियो।

 

सम्मेलन घोषणाअघि बिमस्टेक राष्ट्रका परराष्ट्र मन्त्रीले बिमस्टेक ग्रिड स्थापना सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए। बिमस्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानका लागि ग्रिड स्थापना गर्ने सम्झौता भएको हो। बिमस्टेकमा नेपालसँगै भारत, बंगलादेश, भुटान, श्रीलङ्का, म्यानमार र थाइल्याण्ड सदस्य छन्। सदृश्य डतकम बाट साभार ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र