रुकुममा नयाँ यातायात सञ्चालन 


 रुकुम, २५ भदौ २०७५।

रुकुम पश्चिममा अर्को नयाँ यातायात प्राली संचालनमा आएको छ । मुसिकोटमा प्रधान कार्यालय रहने गरी रुकुम पूर्वी,पश्चिम यातायात प्रालि सोमवार देखी सञ्चालनमा आएको छ ।

प्रालिले रुकुम देखी काठमाडौं, दाङ्ग, नेपालगञ्ज तथा स्थानीय रुटमा यात्रुलाई सेवा दिने बताईएको छ । कार्यालयको औपचारिक उद्घाटन लगत्तै पहिलो दिन पूर्वी–पश्चिम यातायात प्रालि बाट काठमाडौंका लागि एउटा बस छुटेको छ । पहिलो चरण अन्तर्गत भदौ महिनाको अन्तिमसम्म रुकुम–काठमाडौं तथा काठमाडौं–रुकुमका लागि दिनहुँ एक–एक वटा बस छुट्ने छ । असोज महिना बाट दाङ्ग तथा नेपालगंजका लागि समेत थप सेवा विस्तार गरिने र स्थानीय रुटमा पनि यातायात सेवा संचालनमा अाउने बताईएकोे छ ।

 प्रालिका अनुसार बसमा सवार यात्रुका लागि इन्टरनेट, पानी, भूजा, मोबाईल चार्ज लगायतको सुविधा समेत उपलब्ध हुने बताईएको छ । दुईवटा चालकको व्यवस्था गरेको प्रालीले सुविधा सम्पन्न ६ वटा डिलक्स बसहरु संचालनमा ल्याएको जाानकारी गराएको छ ।

 यसअघि रुकुममा सिस्ने हिमाल, रुकुम प्रालि, सानोभरी, तथा पूर्वी रुकुम यातायात प्राली संचालनमा आईसकेका छन् । अहिले सिस्ने यातायात र बतालियन यातायात प्रालिले सहकार्यमा बस संचालन गरि रहेका छन् ।
 

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र