फुलबारीमा भेडाको बथान (फोतो फिचर)
शहरमा घरको बार्दली देखि करेसाबारीको डिल डिलमा फुल रोपेर सुन्दर देखाउने गरिन्छ । किसानले फुलको खेती गरेर धन अार्जन गर्दछन् । रुकुम पुर्बको बुकि पाटनमा भने सुन्दर रङ्गीचङ्गी फुलहरु बसन्त ऋतुको अागमनसँग पलाएर ग्रीष्म ऋतुमा कोपिला फक्रिदै बर्षाद ऋतुको झरिमा धकमक फुलेर हेमन्त ऋतुमा पाटन पहेँलै पारेर शिशिर ऋतुमा निद्रामा परेको प्राणी झै निदाएर बुकि फुलको जीवन चक्र चलिरहेको छ । भेडाबाख्राको बथान सुन्दर बुकि पाटनको फुलबारीमा कुनै मेला पर्बको पाहुना झैँ रमाई रमाई चर्दछन् । रुकुममा पर्यटनको भर्खरै बामे सर्दै गर्छ बुकि पाटनमा पर्यटकको अागमन अबस्य हुनेछ ।
Comments
Post a Comment