झाँक्री उत्पतिको कथा




मैत्या घर्तीमगर
रुकुम पुर्ब २०७५।०६।०६ गते
प्राचिन काल देखी नै मानव जातीले झाँक्रीवाद र झारफुकमा बिश्वास गर्दै आएका छन् । रुकुम, रोल्पाको सिमित क्षेत्रमा प्राचिन धर्म संस्कृति संस्कार अझै सम्म जीवित रहेको पाईन्छ । रुकुम पुर्ब पुथा उत्तरगंगा गाउँपालीका १० तकसेरामा नया झाँक्री बनाउँदा ठुलो मेला लाग्दछ ।




नया झाँक्रीको घरमा पुर्णिमाको अघिल्लो दिन साँझपख सबै झाँक्री जम्मा गराएर शास्त्रीय विधी पु¥याएर नाच्ने गर्दछन् । गुरुबाले विधीवत रुपमा कथा सुनाउछ भने अरु शिष्याहरुले लय मिलाएर शास्त्र गाउँछन् । मध्यरातमा एउटा भेडा पाठोको पुजा गरेर रातभर कथाको बिधि अनुसार नाच्दै गाउँदै बिताउने गर्छन् । मध्यरातमा भान्जाहरु सल्लाको बुटा कात्न गएर बिहानीपख सम्ममा ल्याइ सक्छन् ।




खुल्ला चौरमा नाच्दै पुगेर सल्लालाई ठद्याउछन् । घरमा र खुल्ला चौरमा दिनभर ९ पटक ओहोर दोहोर नाचे पछि नया झाँक्रीलाई सल्लामा चढाएर बिधि पुराएर ओराले पछि नया झाँक्री तयार हुन्छ । नया झाँक्री बनाउदा झाँक्रीको चेलिहरुले सुरुवाल सिलाई दिन्छन् भने पुरानो माईतीहरुले सल्ला बाट झार्ने बेला झाँक्रीहरुको अगाडी नाच्ने लाता कुकरलाई पैसा दिने चल्न रहेको छ ।



 झाँक्रीका भान्जाहरु दिनभर झाँक्रीसँगै खरानी फाल्दै नाच्दछन् । आजको दिनमा खरानीले हान्दा झगडा र गाली गलौज गर्न पाईदैन् । यसरी खरानीले हान्दा राक्सो तर्र्र्र्सेर जाने र नया झाँक्रीलाई राम्रो हुने झनविश्वास रहेको छ । शास्त्रीय विधी पुरा भए पछि नाच्दै घर फर्किन्छन् । यस्तो मेला तकसेरा लगाएत रुकुम रोल्पाका मगर बस्तीहरु ठुलो मेला लाग्ने गर्दछ ।

Comments

  1. Where is story of origin ? writing a snap-shot reporting is it called story of origin myth ?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र