सत्यतथ्य छानबिन होस निर्दोषलाई दु:ख दिने काम बन्द गरियोस: अध्यक्ष घर्ती


     मिति : १३ आश्विन २०७५, शनिबार

असोज १३, रुकुम पूर्व । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ पेल्माका शिक्षक मखन केसी बेपत्ता भएपछि उक्त वडाका जनसमुदायलाई शास्ती भएको कुरा गाउँपालिका अध्यक्ष ओम प्रसाद घर्तीले बताएका छन् ।


शिक्षक कुटपिटको बिषयलाई लिएर बन्द गरिएको विद्यालय

उनले भने – शिक्षक मखन केसीलाई कुटपिट गर्ने मान्छे एकिन भए पनि प्रशासनले अन्य जनसमुदायलाई अनाहकमा धरपकड गरि दु:ख दिएको खुल्न आएको छ । यो अत्यन्त निन्दनीय कुरा हो । मखन केसी बेपत्ता छानबिन सही ढङ्गबाट होस् ! दोषीलाई अनिवार्य कार्वाही होस् । तर अनुसन्धानको नाममा विद्यालय नै बन्द गरि शिक्षक, विव्यस र अन्य गाउँलेलाई दु:ख दिने काम तुरुन्तै बन्द होस् । ‘

गत साउन ३१ गतेका दिन पेल्मा निवासी बलराज पुनको घरमा खाना खान जम्मा भएका मध्ये तकसेरा निवासी खिन्ते उर्फ विकास बुढाले शिक्षक मखन केसीको कुटपिट गरेका र भदाै १४ गते करिब दुई हप्तापछि उनी एकाएक बेपत्ता भएका थिए ।

तर मिडियामा पीडित परिवारले विद्यालय परिसरमा विद्यालय ब्याबस्थापन समिति  र गाउँले मिलेर  कुटेको भन्ने भ्रामक समाचार सम्प्रेषण भएको कुरा हिमालय आधारभूत विद्यालय पेल्माका विद्यालय ब्याबस्थापन समिति  अध्यक्ष जस बहादुर बिकले बताएका छन् । उनले विद्यालय, विव्यस र गाउँलेको कुनै सम्लग्नता नभएको बताएका छन् ।

विद्यालय ब्याबस्थापन समिति  अध्यक्ष बिकले भने – ‘ साउन ३१ गतेका दिन पेल्मा निवासी बलराज पुनको घरमा खानपिनको लागि जम्मा भएका मध्ये तकसेरा निवासी खिन्ते भनिने विकास बुढाले शिक्षक मखन केसीलाई कुटपिट गरेका हुन् । तर विद्यालय परिसरमा कुटिएको र गाउँलेको संलग्नता रहेको भन्ने भ्रमक समाचार प्रति हाम्रो आपत्ति छ । ‘

विद्यालय  व्यबस्थापन समिति   अध्यक्ष बिकले थपे – दोषी माथि विनासर्त कार्वाही हुनु पर्छ ।  कुट्ने व्यक्ति एकिन भएको हुँदा निर्दोष गाउँलेलाई अनाहकमा दु:ख दिएकोमा सिँगो गाउँलाई शास्ती भएको छ ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र