मान्छेको मासु खाएर लाससँग एकलै बस्ने क्रुर तानाशाह !


२०७५ भदौ १६ गते

युगाण्डाका तानाशाह ईदी अमिनलाई विश्व इतिहासकै सबैभन्दा क्रुर र निर्दयी तानाशाहको रुपमा चिनिन्छन् । ६ फिट ४ इन्च अग्ला र १३५ किलो तौलको भिमकाय ज्यान भएका उनी देख्दै पनि डरलाग्दो थिए ।

एक समयमा युगाण्डाको हेभिवेट बक्सिङ च्याम्पियन समेत रहेका अमिन सन् १९७१ मा मिल्टन ओबोटेलाई हटाएर सत्तामा आएका थिए ।

उनले आफ्नो ८ वर्षको शासनकालमा उनले क्रुरताको यति धेरै विभत्स उदाहरणहरु प्रस्तुत गरे जसले उनलाई आधुनिक इतिहासकै एक क्रुर तानाशाहको रुपमा चिनायो ।

एसियालीहरुलाई देश निकाला

सन् १९७२ को अगस्ट ४ मा बिबिसीको दैनिक बुलेटिनमा अचानक एउटा स्तब्ध बनाउने समाचार सुनियो ।

समाचार भनिएको थियो युगाण्डाका तानाशाह ईदी अमिनले युगाण्डामा वर्षौं देखि बसोबास गरिरहेका ६० हजार भन्दा धेरै एसियालीहरु मुलका मानिसहरुलाई अचानक देश छोड्ने आदेश दिएका छन् ।

अमिनले देश छोड्नको लागि उनीहरुलाई ९० दिनको समय दिइने पनि बताएका थिए ।

अमिनका अनुसार उनले सन् १९७२ को अगस्ट ४ मा अचानक एक सपना देखेका थिए । त्यसपछि उनले युगाण्डाको टोरोरोमा सैनिक अधिकारीहरुलाई सम्बोधन गर्दै सपनामा अल्लाहले उनलाई सबै एसियालीहरुलाई आफ्नो देशबाट तुरुन्त बाहिर निकाल्न भनेका बताउँदै यस्तो आदेश दिए ।

अमिनले भनेका थिए, ‘एसियालीहरु आफै युगाण्डावासीहरुसँग अलग भएका छन् र उनीहरुले युगाण्डाबासीसँग घुलमिलहुने कुनै कोसिस गरेका छैनन् । उनीहरुको स्वार्थ नै युगाण्डालाई लुट्ने हो । उनीहरुले गाइ दुहुन्छन् तर त्यसलाई घाँस खुवाउने  काम गर्दैनन् ।’

कर्णेल गद्दाफीको सल्लाहमा एसियालीहरुलाई निकालेका थिए

सुरुमा अमिनको यस्तो घोषणालाई एसियाली मुलका मानिसहरुले गम्भिरतापूर्वक लिएनन । उनीहरुले सुरुमा अमिनले सनकको भरमा यो घोषणा गरेको सोचे तर केही दिनपछि नै उनीहरुलाई अमिनले साँच्चै देशनिकाला गर्न खोजेको थाहा भयो ।

अमिनले उनलाई यो निर्णय लिने सल्लाह अल्लाहले सपनामा आएर दिएको बताएका थिए । तर, अमिनको शासनमा बहुचर्चित पुस्तक ‘घोस्ट अफ कम्पाला’ का लेखक जर्ज इभान स्मिथले लेखेका छन्, ‘यसको प्रेरणा उनलाई लिबियाको तानाशाह कर्णेल गद्दाफीबाट मिलेको थियो ।’

स्मिथका अनुसार गद्दाफीले उनलाई देशको अर्थ व्यवस्थामा पुरै नियन्त्रण भएमात्रै उनको सत्ता बलियो हुने बताएका थिए । उनले जसरी आफ्नो देशमा इटालियनलाई पछाडि हटाए त्यसैगरि अमिनले पनि आफ्नो देशबाट एसियालीहरुलाई हटाउन पर्ने सल्लाह दिएका थिए ।

मानिसहरुले चउरमा आफ्नो सुन गाडे

अमिनको घोषणा पछि बेलायतले अमिनलाई भेटेर उनको निर्णय फिर्ता गर्न मनाउने आशामा आफ्ना मन्त्री जियोफ्रिरिपनलाई कम्पाला पठायो ।

तर, जब रिपन त्यहाँ पुगे त्यसपछि अमिनले आफू धेरै व्यस्त भएको कारण पाँचदिन सम्म भेट्न नपाउने बताउँदै भेट्न मानेनन् ।

रिपनले लण्डन फर्किने निर्णय गरे, त्यसपछि अधिकारीहरुले सम्झाएपछि मात्रै चौंथो दिनमा अमिन रिपनसँग भेट्न तयार भए तर उक्त भेटको कुनै फाइदा भएन् ।

अमिन आफ्नो निर्णयमा अडिग रहे । भारत सरकारले पनि स्थितीलाई सजिलो बनाउनको लागि भारतीय विदेश सेवाका एक अधिकारी निरञ्जन देसाईलाई कम्पाला पठाएको थियो ।

भारतले पठाएका निरञ्जन देशाई सम्झिन्छन्, ‘हरेक व्यक्तिलाई आफ्नो साथमा जम्मा ५५ पाउण्ड र २५० किलो सामान मात्रै लैजाने इजाजत दिइएको थियो । अझै कम्पाला भन्दा बाहिरका एसियालीहरुलाई त यो नियमबारे पनि थाहा थिएन् ।’

अमिनको यो निर्णय यति अचानक आएको थियो कि युगाण्डा सरकार आफै यसलाई लागु गर्नको लागि तयार नै थिएन । केही धनी एसियालीहरुले आफ्नो धन खर्च गर्ने नयाँ तरिका निकालेका थिए ।

धेरैले यदि आफ्नो पैसा बाहिर लैजान सकिँदैन भने त्यसलाई विलासी तरिकाले उडाउने हो भन्ने हिसाबले सोचेका थिए । उनीहरुले विमानको बिजनेश क्लासको टिकट बुक गराए भने विदेश भ्रमणको लागि महंगा होटलहरु पनि बुक गराए ।

केही बाठा मानिसहरुले विभिन्न तरिका लगाएर आफ्नो पैसा बाहिर लैजान सफल भए । यस्तै केहीले भने पछि फर्केर आउन सक्ने आशामा आफ्नो घरको बगैंचामुनि सुन गाडेका थिए ।

औंलाबाट औठी काटेर समेत निकालियो

हाल लण्डनमा रहेकी गीता वाट्स अहिले पनि त्यो दिन सम्झिन्छिन् जब उनी लण्डन जानको लागि एनतेबे विमानस्थलमा पुगेकी थिइन् ।

गीता भन्छिन्, ‘हामी मानिसहरुलाई आफ्नो साथमा जम्मा ५५ पाउण्ड लैजान दिइएको थियो । विमानस्थलमा मानिसहरुको सुटकेश खोलेर जाँचिएको थियो । उनीहरुको हरेक चीज बाहिर निकालेर फ्याँकिन्थ्यो ताकी उनीहरुले त्यसमा पैसा त लुकाइएको छ कि छैन् देख्न सकुन् ।’

‘मलाई मेरो आमाबुबाले एउटा सुनको औठी लगाइदिएका थिए । विमानस्थलमा उनीहरुले औठीहरु खोल्न भने तर, औठी यति कसिलो थियो कि मेरो औलाबाट निस्किएन’ गीताले भावुक हुँदै भनिन्, ‘त्यसपछि उनीहरुले औंठीलाई मेरो औंलाबाट अलग गरिदिए । सबैभन्दा खतरनाक कुरा त जब औंठी काटिरहेका थिए अटोमेटिक हतियार लिएका सैनिकले हामीलाई घेरेका थिए ।’

धेरैजसो एसियालीहरुलाई युगाण्डाबाट निकालिएपछि बेलायतले शरण दियो । एसियालीहरुलाई निकालिएपछि युगाण्डाको पुरै अर्थव्यवस्था तहसनहस भयो ।

यस्तो छ अमीनको क्रुरता र बर्बरता

एसियालीहरुलाई निकालिएको घटनाले अमिनको छवि पुरै विश्वमा एक सनकी तानाशाहको रुपमा फैलियो । उनको क्रुरता र कहानीहरु दुनियाँलाई थाहा भयो ।

अमीनको समयमा स्वास्थ्य मन्त्री रहेका हेनरी केयेंबाले ‘अ स्टेट अफ ब्लडः द इन्साइड स्टोरी अफ इदी अमिन’ नामक पुस्तकमा अमीनको क्रुरताको यस्तो किस्साहरु दुनिँयालाई बताए जसबाट पुरै दुनियाँ स्तब्ध भयो ।

केयेंबाले लेखेका छन्, ‘अमिनले आफ्नो दुश्मनहरुलाई मारेनन् मात्रै उनीहरुलाई मारेपछि उनीहरुको शवको साथमा पनि बर्बरतापूर्ण व्यवहार गरे ।’

‘युगाण्डाको मेडिकल समुदायको बीचमा मुर्दाघरमा राखिएको धेरै लाशहरुलाई चलाइएको कुरा आम थियो र उनीहरुको मिर्गोला, कलेजो, नाक, ओठ र गुप्तांग गायब हुन्थ्यो ।’

केयेंबाले लेखेका छन्, ‘सन् १९७४ मा विदेश सेवाका अधिकारी गोडफ्रिकिगालालाई गोली हानेर मारेपछि उनको आँखा निकालिलएको थियो र उनीको लाश कम्पालाको बाहिर जंगलमा फ्याँकिएको थियो ।’

केयेंबाका अनुसार अमिनले कैयौंपटक मारिएका शवहरुको साथमा केही समय एक्लै बिताउ चाहेको बताउँथे ।

जब मार्च १९७४ मा कार्यबाहक सेनाध्यक्ष बि्रगेडियर चाल्र्स अरुबेको हत्या भयो त्यतिखेर अमिन उनको लासलाई हेर्न अस्पतालको मुर्दाघरमा आए । उनले डाक्टरसँग लासको साथमा एकछिन एक्लै बस्ने इच्छा गरे ।

लाससँग एक्लै भएपछि अमिनले के गरे भन्ने त कसैले देखेनन् । तर, धेरै युगाण्डाबासीले उनले आफ्नो दुश्मनको रगत पिउने गरेको विश्वास गर्छन् । यस्तो प्रचलन काकवा जनजातीमा छ र अमिन पनि काकवा जनजातीबाट आएका थिए ।

मान्छेको मासु खाएको आरोप

केयेंबा लेख्छन्, ‘कैयौं पटक राष्ट्रपति र अन्य मानिसले उनीहरुले मान्छेको मासु खाएको बताएका थिए । मलाई याद छ अगस्ट १९७५ मा जब अमिन केही वरिष्ठ अधिकारीहरुलाई आफ्नो जाएरे यात्राको बारेमा बताइरहेका थिए उनले भनेका थिए-मलाई बाँदरको मासु दिइएको थियो त्यो मानिसको मासु जस्तो मिठो थिएन ।’

यस्तै अमिनले लडाईको समयमा अक्सर आफ्नो साथी घाइते हुन्छ यस्तोमा उनीहरुलाई मारेर खानाले तपाई भोकमरीबाट बँच्नसकिने बताएको पनि केयेंबाले लेखेका छन् ।

यस्तै अमिनले एकपटक युगाण्डाको एक डाक्टरलाई मानवको मासु चितुवाको मासुभन्दा नुनिलो हुने बताएका थिए ।

अमिनको पि|mजमा थियो मानिसको काटिएको टाउको

अमिनको एक पुरानो नोकर अलोगाले भागेर किनिया आएपछि यसबारेमा बताएका थिए ।

अमिनको शासनकालमा युगाण्डामा भारतका उच्चायुक्त रहेका मदनजीत सिंहले आफ्नो किताब ‘कल्चर अफ सेपल्कर’मा अलोगालाई उद्धृत गर्दै लेखेका छन्, ‘अमिनको पुरानो घर कमाण्डपोस्टमा एक कोठा सँधै बन्द रहन्थ्यो । मलाई मात्रै त्यसभित्र पस्ने अनुमति थियो र त्यो पनि सफा गर्नको लागि ।’

‘अमिनकी पाँचौ पत्नी सारा क्योलाबालाई यो कोठाको बारेमा जान्ने धेरै उत्सुकता थियो । उनले मसँग त्यो कोठा खोल्न भनिन् म थोरै झस्किँए किनभने अमिनले मलाई उक्त कोठामा कसैलाई जान नदिन आदेश दिएका थिए ।’

‘तर, साराले धेरै जिद्दी गरेपछि मैले उनलाई कोठाको चाबी दिँए कोठा भित्र रेफ्रिजिरेटर थियो । जब उनले रेफ्रिजिरेटर खोलिन् त्यसपछि उनी चिच्याएर बेहोस भइन । त्यसमा उनका एक पूर्व प्रेमी जिज गिटाको काटिएको शिर राखिएको थियो ।’

आफूले चाहेको महिलालाई पाउन यतिसम्म गर्थे

साराको प्रेमी जस्तै अमिनले कैयौं अन्य महिलाहरुको प्रेमीहरुको शिर काटेका थिए । जब अमिनलको रुची माइकल कबालीकी प्रेमिका हेलेन ओगवांगमा लाग्यो तब अमिनका बडिगार्डले कबालीलाई कम्पाला इन्टरनेशनल होटेलको स्विमिङ पुलबाट उठाएर गोली हानिदिए ।

पछि हेलेनलाई पेरिसमा युगाण्डाको दुतावासमा पोस्टिङ गरियो र उनी त्यहाँबाट भागेकी थिइन् ।

अमिन मेकरेरे विश्वविद्यालयका प्रोफेसर भिसेन्ट एमिरु र तोरोरोको रक होटलका म्यानेजर शेकानबोका पत्नीहरुसँग पनि शारीरिक सम्बन्ध राख्न चाहन्थे । त्यसैले उनले दुवैलाई अनेक योजना बनाएर मारे ।

अमिनको यति धेरै प्रेम सम्बन्ध थियो कि त्यसबारेमा स्पष्ट गणना गर्न मुस्किल छ । भनिन्छ, एकै समयमा उनका कम्तीमा ३० महिलाहरुसँग सम्बन्ध थियो । यी महिलाहरु धेरैजसो होटल कार्यालय र अस्पतालहरुमा नर्सको रुपमा काम गर्थे ।

अमिनकी चौंथी पत्नी मेदिना पनि एकपटक उनको हातबाट झण्डै मरेकी थिइन् । सन् १९७५ फेब्रुअरीमा अमिनको कारमा कम्पाला नजिकै गोलीप्रहार भयो ।

मेदिनाले हत्याराहरुलाई आफ्नो कारको बारेमा जानकारी दिएको अमिनले शंका गरे । अमिनले मेदिनालाई धेरै नराम्रोसँग पिटे यसक्रममा उनको आफ्नै हात भाँच्चिएको थियो ।

साभार अन्लाईन खबर

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र