पर्यटनको आर्थिक समृद्धिमा पत्रकारको भुमिका: सभामुख महरा





 बरम बुढामगर 
काठमाडौँ, असोज ९ ।
 प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्र नेपालको आर्थिक समृद्धिको मूल आधार भएको बताएका छन् । काठमाडौको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा नेपाल पर्यटन पत्रकार महासंघ(नेफ्टोज)को साधारण सभाको उद्घाटन सत्रमा बोल्दै महराले यस्तो बताएका हुन् ।
मुलुकको विकास र समृद्धिका लागि पर्यटन प्रवद्र्धन अपरिहार्य रहेको यसमा सरकार सहित पत्रकारहरुको अहम भुमिका रहन्छ महराले भने । कार्यक्रममा बोल्दै सभामुख महराले पर्यटन पत्रकारले राम्रो कामको शुरुवात गरेको र आगामी दिनमा अझै राम्रो काम गरी अगाडी बढ्न सफलताको शुभकामना समेत दिएका थिए । सभाको अध्यक्षता ग्रहण गरेका पर्यटन पत्रकार महासंघका अध्यक्ष धनीराम शर्माले देशलाई समृद्धिको बाटोमा अगाडी बढाउनको लागि लागि पत्रकारको ठुलो भुमीका रहेको बताए । शर्माले पश्चिम नेपालबाट थालिएको पर्यटन क्षेत्रको विधागत पत्रकारिताले राष्ट्रियस्तर सम्म आइपुग्दा अपेक्षित आकार लिएको बताउँदै मुलुकको विकासमा महासङ्घले विधागत पत्रकारिताबाट सहयोग पु¥याउन अनवरत रुपमा लागि पर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा सभामुख महरा,पर्यटन पत्रकार महासंघका अध्यक्ष धनीराम शर्मा लगायत नेपाल पर्यटन पत्रकार महासंघमा आबद्ध देशभरका करिव ९० जना पत्रकारहरु र विभिन्न व्यक्तिहरुको उपस्थित रहेको थियो ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र