‘अतिथि देवो भवः नेपाल पर्यटन वर्ष २०२०’ शुभारम्भ
बिहिबार, अशोज ११, २०७५
नेपाल पर्यटन पत्रकार महासङ्घले सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलयमा बुधबार आयोजना गरेको ‘अतिथि देवो भवः पर्यटन वर्ष २०२०’ शुभारम्भका क्रममा उहाँले भन्नुभयो, “सधैँ खुशी रहेर अतिथिप्रति प्रेमभाव प्रकट गर्ने हाम्रो संस्कार हो तर पछिल्लो समयमा हामीले यो संस्कार भुल्दै गएका छौँ ।”
उक्त महासङ्घलाई सरकारको सहयोगी भएर काम गर्न, पर्यटन प्रवद्र्धनमा ध्यान दिएर यसलाई समृद्धि र विकाससँग जोड्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री अधिकारीले महासङ्घले थालेको अभियानमा सरकारले पनि साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले पाहुनाका लागि सधै नेपाल खुला देशका रूपमा रहेको बताउनुभएको छ ।
युएनडिपीका देशीय निर्देशक आइस्यानी लाबेले सरकारले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई सार्थक तुल्याउन र नेपालको अर्थतन्त्र बलियो बनाउन पर्यटन एक मूल आधार भएको बताउनुभयो ।
“नेपालमा पर्यटन प्रवद्र्धनका क्षेत्रमा धेरै काम भइरहे पनि यस क्षेत्रको थप विकासका लागि शान्तिको स्थायित्व, आकर्षक वातावरण, मनोरञ्जन र सहज पहुँच हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।
नेपाल पर्यटन बोर्डका प्रबन्धक केबी शाहले मुलुकको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने खालका कार्यक्रममा महासङ्घको विशेष भूमिका हुनेुपर्नेमा जोड दिनुभयोे ।
महासङ्घका अध्यक्ष धनीराम शर्माले सामाजिक र पेशागत दायित्व बोकेर मुलुकभर यो अभियान अघि बढाइने बताउनुभयो ।
होटल एशोसियसन नेपाल [हान] का कार्यकारी प्रमुख टेकबहादुर महतले नेपाललाई कृषि, संस्कृति, स्वास्थ्य, जल, योग र आयुर्वेद पर्यटनका रूपमा विकास गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा देशभरिका डेडसय भन्दा बढी पर्यटन पत्रकारको सहभागिता थियो ।
राष्ट्रिय अभियान लिएर देश दाैडाहमा, अतिथि देवाे भवः राष्ट्रिय अभियान, अभियान अन्तरगत "हजार गन्तव्य हजार हाेमस्टे कार्यक्रम," नेपाल भ्रमण वर्ष २०२० लक्षित कार्यक्रम, सबै प्रदेश र जिल्ला जिल्लामा निम्न कार्यक्रम हुनेछन् ।
१) प्रवर्धन, पूर्वाधार र पर्यटन शिक्षाको विषयमा बृहत् वहस कार्यक्रम ।
२) प्रदेश स्तरीय फाेटाे प्रदर्शनी कार्यक्रम ।
३) संरक्षणमा अाधारित सांस्कृतिक कार्यक्रम ।
४) नेपाल गन्तव्य कार्यक्रम ( हजार गन्तव्य हजार हाेमस्टे)
इत्यादी कार्यक्रम बृहत रुपमा संचालन हुने छन्

Comments
Post a Comment