मगर संघ अमेरिकाको केन्द्रिय कार्यलय न्युयोर्कमा स्थापना
दिप सागर बुढा मगर न्युयोर्क
२०७५ असोज २४ गते बुधबार
अमेरिकामा छरिएर रहेका मगरहरुको मुल घर मगर संघ अमेरिका केन्द्रिय समितिको कार्यलय न्युयोर्कमा स्थापना गरिएको छ । यहि अक्टोबर 8 का दिन एक कार्यक्रमको आयोजना गरेर मगर संघ अमेरिकाको संस्थागत कार्यालय ४००८ ७६ स्ट्रीट एलमोस्ट (Elmhurst) क्वीन्स मा समुद्घाघाटन गरिएको छ । मगर संघ अमेरिकाको यो ऐतिहासिक संस्थागत कार्यलय स्थापनाको समुद्घाटन समारोहका प्रमुख अतिथि आदिवासी जनजाती महासंघ अमेरिकाका बरिस्ठ उपाध्यक्ष राजकुमार बिष्ट र नेपाली जनसम्पर्क समितिका महासचिव मुनिन्द नेम्वाङ तथा मगर संघ अमेरिकाको केन्द्रीय अध्यक्ष कुलदिप राना मगरले संयुक्तरुपमा नेपालका प्रथम सहिद लखन थापा मगरको तस्बिरमा खादा अर्पण गरि गरेका थिए ।
अमेरिकामा रहेका मगरहरुलाई सांगाठनिक गर्नको लागि सन 2004 मा दल बहादुर बुढाथोकी मगरको अध्यक्षता लाङगाली संघ अमेरिका गठन गरिएको थियो भने सन 2011 मा मगर संघ अमेरिकामा परिणत भएको थियो । अमेरिकामा छरिएर रहेका मगरहरुको छाता संघठनको रुपमा लाङगाली संघ अमेरिका हुँदै मगर संघ अमेरिका सम्म आउँदा विविध करणहरुले गर्दा संस्थागत कार्यलय स्थापना गर्न सकेको थिएन ।
मगर संघ अमेरिकाको कार्यलय समुद्घाटन समारोहमा अमेरिकामै स्थापित जातीय संस्था किराँत याक्थुङ चुम्लुगका अध्यक्ष दिपेश लिम्बु , तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका सचीव प्रेम बहादुर स्याङतान , युनाइटेड किराँत राई एशोसियसनका अध्यक्ष केशव राम राई , नेपाली अमेरिकन कलाकार संघको अध्यक्ष सुमन बुढा मगर , नेपाल प्रहरीका पुर्ब डि.आई.जि. पार्बती थापा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए । मगर संघ अमेरिका र अमेरिकाकै स्थापित अरु जातीय संस्थाहरू संगको अन्तर सम्बन्धहरुको बारेमा मगर संघ अमेरिका निबर्तमान कार्यबाहक महासचिव नरेन्द्र थापा मगरले स्पस्ट पारेका थिए ।
मगर संघ अमेरिकाको बर्तमान अध्यक्ष कुलदिप राना मगर , अध्यक्षमा निर्वाचित भएदेखि र मगर संघ अमेरिका न्युयोर्क च्यापटर कार्यसमितिको पहलमा मगर संघ अमेरिकाको आफ्नै संस्थागत कार्यलय हुनुपर्दछ भनेर सबै अग्रज बुद्धिजिवी निर्वाचित नयाँकार्यसमितिहरु संग निरन्तर छलफल गर्दै उहाँको कार्यकालमा ऐतिहासिक कार्य गर्न सफल भएका छन । स्थापित कार्यलयमा संस्थागत लाङगाली संघ अमेरिका हुँदै मगर संघ अमेरिकामा बर्तमान कार्यसमितिको तस्वीर पनि सजाइएको छ ।
सन 2004 मा लाङगाली संघ अमेरिकाका संस्थागत अध्यक्ष दल बहादुर बुढाथोकी मगर र उहाँ विविध कारणबस बेलायत गएपछि निलम थापा मगरले कार्यबाहक अध्यक्ष सम्हालेका थियो । उहाँहरुको कार्यकाल सन 2004 देखि 2008 सम्म रहेको थियो । 2008 देखि 2012 सम्म महेन्द्र कुमार थापा मगर , 2012 देखि 2015 सम्म दल बहादुर रोका मगर र 2015 देखि 2017 सम्म रुद्र बहादुर आले मगर अध्यक्ष रहनु भएको थियो । सन 2011 मा महेन्द्र कुमार थापा मगर अध्यक्ष रहेको बेला लाङगाली संघ अमेरिकालाई मगर संघ अमेरिका नामाकरण गरिएको थियो ।
कार्यलय समुद्घाटन समरोहमा मगर संघ अमेरिका न्युयोर्क च्यापटरका कार्यबाहक अध्यक्ष याम पुनले स्वागत मन्तव्य गरेका थिए भने कार्यक्रमको सहजीकरण मगर संघ केन्द्रिय समितीका सचिब मन थापा मगरले गर्नु भएको थियो । मगर संघ अमेरिकाको कार्यलयमा चाहिने आबश्यक सामाग्रीहरु विभिन्न सहयोगी मनहरुले सहयोग गरेका छन । समाजसेवी तथा एन.आर.एन. न्युयोर्क च्यापटरका उपाध्यक्ष बिष्णु राना मगर र उहाँको धर्मपत्नी नन्दु ( गुरुङ ) राना मगरले १५ कुर्सी २ टेवल र कार्पेट , मगर संघ अमेरिका न्युयोर्क च्यापटरका सह-सचीव दिल प्रसाद थापा मगर र उहाँको धर्मपत्नी पुनम ( राना ) थापा मगरले १ थान कम्प्युटर , नरेन्द्र थापा मगर र तारा चिदी मगरले १ थान कम्प्युटर , मगर संघ अमेरिका केन्द्रीय समितिका सल्लाहाकार दुर्लब बुढा मगर र पद्ममा लिखा मगरले प्रिंटर र मगर संघ अमेरिकाका बर्तमान अध्यक्ष कुलदिप राना मगरका धर्मपत्नी सबिना ( थापा ) राना मगरले ५ कुर्सी , कम्प्युटर टेबल र मसलन्द सामाग्रीहरु सहयोग गरेका छन ।
मगर संघ अमेरिका केन्द्रिय समितिको अध्यक्ष कुलदिप राना मगरले समुद्घघाटन समारोहलाई समापन गर्दै सबै सहयोगी मनहरुलाई मगर संघ अमेरिकाको तर्फबाट धन्यवाद दिएका थिए । उहाँले कुनै पनि कार्य बोलेर भन्दा पनि गरेर देखाउने प्रतिबद्धता जाहेर गर्नु भयो । मगर संघ अमेरिकालाई अझै बलियो बनाउन सम्पुर्ण संस्थाहरुको साथ र सहयोग रहेको पनि बताउनु भयो । निकै सौहार्दपुर्ण वातावरणमा मगर संघ अमेरिकाको कार्यलय समुद्घाटन भएकोमा खुसी व्यक्त गर्नु भयो ।







Comments
Post a Comment