दशैँको अबसरमा जन सेवा युवा कल्वले बार्षिकोत्सव मनाउदै
बरम बुदामगर
रुकुम पुर्ब २०७५ असोज २७ गते
दशैँको अबसरमा जन सेवा युवा कल्वले बार्षिकोत्सव मनाउने तयारिमा जुत्दैछन् । पुथा उत्तरगंगा गाउँपालीका १० न. वडामा रहेको साबिकको तकसेरा गाबिसमा अबस्थित बाच्छीगाउँले यसपालीको बडादशैँको अबसर पारेर खेलकुद तथा बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । खुल्ला पुरुष तथा महिला भलिबल खेल खुल्ला दोहोरी गित तथा नृत्य प्रतियोगितामा भाग लिन सकिनेछ ।
भलिबल पुुरुष प्रथमलाई रु तिस हजार,बिस हजार,दश हजार तथा महिला प्रथमलाई बिस हजार, पन्ध्र हजार र दश हजार क्रमशः द्धितिय र तृतिय बिजयी खेलादीलाई पुरस्कार राशि राखिएको कुरा जन सेवा युवा कल्बका अध्यक्ष काले पुनले जाननकारी दिनुु भएको छ । स्थानिय लोक गित तथा नृत्यको साथमा दोहोरि गितको बेजोड घम्सा घम्सीमा पनि पुरस्कार प्रधान गरिने बताउनु भयो ।
बिगतमा कल्बको सदस्य रहेर धेरै सामाजिक सेवा तथा खेलकुद प्रतियोगितामा भाग लिएर पुरस्कार र शिल्ड मेडल कल्बको अफिसमा सजाउन सफल खेलादिहरु बिदेशी भुमिलाई कर्मभुमि बनाएर बसेका भुपु खेलादी तथा सदस्य र सामाजिक सदभाब राख्ने महानुभाबहरुले कल्बको लागी यसपालीको दशैँको कार्यक्रमको शिल्ड मेडल प्रयोजन गरेका छन् ।
शिल्ड मेडल प्रयोजन पुरुष प्रथम शिल्ड मेडल तथा उत्कृष्त कप र भलिबल दुई थान स्व.कमारी पुन बुदामगरको सम्झनामा हाल अमेरिकामा रहेका छोरा सुधार बुदामगर र महिला प्रथमको शिल्ड मेडल तथा उत्कृष्त कप स्व.ईन्द्र पुनमगरको सम्झनामा हाल अमेरिकामा रहेका भान्जा समुन्द्र बुदामगरले प्रायोजन गर्नु भएको छ । द्धितिय महिला पुरुष शिल्ड मेडल हाल साउदी अरेबियामा रहेका सन्देश बिक तथा तृतिय पुरुष शिल्ड मेडल हाल मलेसियमा रहेका रिजाल पुनमगर र महिला शिल्ड मेडल हाल कतारमा रहेका मस्ते पुनमगर र दुई थान भलिबल हाल अमेरिकामा रहेका उपल्लोसेरा निबासी धनकुमार बुदामगरले प्रायोजन गरेको अध्यक्ष पुनले जानकारी दिनु भयो ।
Comments
Post a Comment