दशैंमा सामुहिक रुपमा मासु बिलो थर थरमा तयारी गर्दै ।









मैत्या घर्तिमगर
रुकुम पूर्व २०७५ असोज ३१ गते
 महाअष्टमीको दिन आज मगर समुदायमा आ-आफ्नो थर थरमा राँगाको मासु बिलो लगायर बाँड्ने चलन रहेको छ | रुकुम पूर्वको मगर समुदायमा आज बिहानै पर्त्येक टोल टोलमा पुरुषहरु जम्मा भएर आ-आफ्नो बजेटले धान्ने सम्मको मार हानेर मासु खाने गर्दछ्न





वर्षभरि भाइ बन्दुमा घास काट्ने डुंगा,काठ बोक्ने र घर बनाउने काम तथा सार्बजनिक काममा श्रमदान गरेर उठेको रकम कुलमा कसैको छोरो जन्मिदा, कुनै व्यक्ति बिदेश बाट बिदामा घर आउदा दाजुभाइले फूलपाती लगाइदिदा खुसियालीमा दिएको रकम जम्मा पारेर  मगर समुदायमा दशैको तिन दिन पहिले राँगो मारेर सबै भाई बन्दु मिलेर खाने चलन अहिले सम्म रहेको छ | 







जम्मा भयको रकम दशमीको दिन हिसाब गरि खर्च कतायर बाँकी रकमलाइ बार्षिक चालिस प्रतिसतमा ब्याजमा ऋण दिने गरेको साबिकको तकसेरा गाबिसको तक गाउँको घर्ति थरका तहबिल (कोषध्यक्ष्) कालु घर्ति मगरले बताउनु भयो | हाम्रो पुर्खाहरुको पुर्ख्यौली पेशा गाईभैसी, भेडाबाख्रा गोठालाहरु उच्च हिमाली भेग बाट गाउँमा झारेको, परदेशमा छिरेको परदेशीहरु एकै ठाउँमा भेला भयको खुसियालीमा रमाइलो गर्न र घरमा भएकाहरुले खेतिपाटि तथा झाराखेरा धानेर नया अन्न घर भित्र भित्र्याएर फुर्सदमा भएको समय दसैं पर्वको अबसरमा जम्मा गरेको पैसाले राँगा काटेर खाने गरेको मगरले सुनाउनु भयो |





 सबै घरकुरियालाइ बराभरी पुग्ने गरेर बिलो लगायर बहिदार (सचिब) ले नाम अनुसार बोलाए पछी पालैपालो घरको आइमाई हरुले आ-आफ्नो बिलो थाप्छन् | राँगाको आन्द्राभुँडी, मुटु, कलेजो सबै पकाएर घरको सबै सदस्यलाई आजको मासु दुइ चोक्टा भय पनि भाग मागेर घर लगेर खान दिएमा लामो आयुको साथ दिर्गकालिन जिउने र गरेको काममा कुनै अप्ठ्यारो भादाअद्चन नाओस भनेर बिशेस आहाराको रुपमा आनिबार्य खाने गरेको बहिदार सिर्जन घर्तीमगरले बताउनु भयो |     

Comments

Post a Comment

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र