रुक्मिणि उच्च माबिमा पूर्व बिधार्थीको भेतागात तथा चियापान
मैत्या घर्तिमगर
रुकुम पूर्व २०७५ कार्तिक १ गते
रुकुमकोट उच्च माध्यमिक बिद्यालयमा २०४८ सालमा एसएलसी दिएका समुहको चियापान तथा भेतागात कार्यक्रम सम्पन्न भयो | बिक्रम सम्बत २००४ सालमा स्थापना भएको श्री रुक्मिणि उच्च माध्यमिक बिध्यालय रुकुमकोट स्वर्गीय श्री उपेन्द्र बहादुर शाहको अध्यक्षता र स्वर्गीय श्री प्रशुराम उपाध्याय प्रधानाध्यापक रहेको रुकुम मा आज एक ऐतिहासिक कार्यक्रमको थालनी भएको छ ।
यो कार्यक्रमको थालनी गर्न यस बिध्यालयबाट २०४८ सालमा SLC मा सहभागी भयका सम्पुर्ण बिध्यार्थिहरुले सम्पूर्ण बन्दोबस्त गरेका थिय | सबै बिधार्थीहरु आहिले विभिन्न पेसा व्यवसायमा रहे पनि दशैंको अबसर पारेर धेरै बादाअवरोध भय पनी आफुले अध्ययन गरेको बिध्यालयलाई प्रगति पथमा हिडाउन सदैव एक भयर जाने प्रतिबद्धता जनाएका छन् । बिध्यालयको लागि अहिलेसम्म विभिन्न सहयोग गर्नु हुने सम्पुर्ण अग्रज एव शुभ चिन्तक प्रती आभार प्रकट गर्दै पुर्ब बिध्यालय ब्यबस्थापन समिती अध्यक्ष एव प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो । एउटा ईतिहासिक कामको सुरुवात पूर्व बिधार्थी समूह बाट भयको हो ।
लामो समय सम्म बिध्यालयको लागि अध्यक्ष भयर संन्चालन गर्नुहुने लोकेन्द्र बहादुर शाह , तारक बहादुर शाह, टोप बहादुर मल्ल, बल बहादुर थापा, बासुदेव गौतम र मदन शाह तथा प्रधानाध्यापकहरु नन्दलाल शर्मा र कृष्ण गौतमलाइ दोसल्ला र प्रमाणपत्रले सम्मान गरियको थियो |



Comments
Post a Comment