रुमालाबारामा आगलागी नगद सहित घर जल्यो, एक घाईते
मैत्या घर्तिमगर रुकुम पूर्व
रुकुम पुर्वको सिस्ने गाँउपालिका ५ रुमालवारामा एक घरमा आगलागी भएको छ । घरमा मासु पकाउने क्रममा एक्कासी कराईको तेल बलेर सिस्ने गाउँपालिका ५ निवासी दिलबहादुर वुढामगरको (छोरा ज्ञान प्रसाद बुढा मगर) को घरमा गएराति साढे एघार बजे आगलागि हुँदा घरमा रहेको ५५ हजार नगद, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा सहित दुइ लाख पचास हजार बराबरको सम्पति जलेर नष्ट भएको छ ।
आगलागी बात खरले छाएको एकतले घर पूर्ण रुपमा क्षती भएको र एउता भैँसी समेत जलेर घाइते भएको थियो । आगलागीबाट वुढाकी श्रीमति ३६ वर्षिय मोतिकला वुढा जलेर घाइते हुनुभएको छ । हात, खुट्टा र ढाड पोलिएर छटपटीमा रहेका थिय । उपचारको लागी उहाँलाइ राति नै जनस्वास्थ्य रुकुमकोटमा लगीएको थियो । त्यहाँको सामान्य उपचारपछी जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा रीफर गरीएको थियो । त्यहाँ पनि उपचार असम्भव भएपछी वुढालाइ शनिवार दिउंसो नेपालगञ्ज रीफर गरीएको छ ।
यसैबिच आगलागि पिडीतलाई राहात वितरण गरीएको छ । बस्ने बास र खाने गास समेत नरहेपछी घट्ना लगत्तै घटनाको जानकारी हुनासाथ प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा ५ नम्बर वडध्यक्ष शान्ते बहादुर बि.क., सदस्य फनेन्द्र आचार्य, प्रमुख अनुसन्धान अधिकृत शुक्रराज के.सी., प्र.नि. दिवाकर रिजाल, ना.सु. हर्क बहादुर शाही सहितको टोली घटनास्थल पुगी पिडीत परिवारलाई जिल्ला प्रशासन कार्यालयको तर्फबाट राहत तथा उपचारको लागी वुढाको परीवारलाइ राहत कोषबाट राहत वितरण गरीएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । प्रजिअ शर्माका अनुशार घटना स्थलमै पुगी वुढाको परीवारलाई उपचारको लागी नगद ३० हजार, १ बोरा चामल, २ लिटर तेल, ५ कीलो चिउरा, २ कीलो दाल र २ कीलो नुन वितरण गरीएको छ ।


Comments
Post a Comment