तकमा आज मकै फुकुवा भयो




बरम बुढामगर
तकसेरा २०७५ असोज १८ गते
रुकुममा अहिले सम्म प्रथाजन्य नियम कानुन कायमै रहेको छ । पुथा उत्तरगंगा गाउँपालीकाको वडा नम्बर १० तकगाउँमा पञ्चभलादमीको निर्णय बिना आफुले फलाएको अन्न पनि घरमा भित्राउन पाईदैन । यदि कसैले जबरजसती ल्याउन खोजेमा डण्डजरिवाना तिराउने चलन रहेको छ ।



 आज बिहनै देखि नया अन्न घर भित्राउन गाउँलेहरु तँछाडमछाड गदै मकै बोकि रहेका छन् । सबै गाउँले एकैसाथ अन्न घर भित्राउने चलन पुर्खौ देखि चलि आएको हुँदा यसलाईनै निरन्तरता दिएको १० नम्बर वडा अध्यक्ष ज्योतिमान गुरुङ्गले बताउनु भयो । यहाँ राज्यको नितिनियम बाहेक छुटै आफनै कानुन रहेको छ ।




हरेक बर्ष असार १ गते भुमिपुजाको दिन आयब्याय प्रस्तुत गरेर पारित भएपछि पुरानो कार्य समितिलाई बिदाई गरेर नया कार्य समिति चयन गर्ने चलन रहेको छ । बर्ष भरि चरिचरण, डण्डजरिवाना तथा गाउको हितमा कति के गर्ने भनेर नया समितिले पारित गर्छन् । कुनै पनि काम गाउलेलाई कटुवाल (स्वयमसेवक) द्धारा सुचित गरिन्छ ।



लापरबाही हुँदा चरिचरण क्षेत्र, बोतबिरुवा संरक्षण नहुने अन्नपात चोरिने समस्या तथा हामी बिचमा आपसी मेलमिलाप छ भन्ने सन्देश र पुर्खाले पहिल्याएको पहिचान जिवित राख्नलाई निरन्तरता दिएको कुरा स्थानीय शिक्षक राजधन घर्तीमगरले सुनाउनु भयो ।   

Comments

Post a Comment

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र